कांग्रेस र माओवादी सांसदको भनाईप्रति राष्ट्रपतिको आपत्ती !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काग्रेस संसद रमेश लेखकको भनाई प्रति आपत्ती जनाएकी छिन ।   आज विहान काग्रेस सभापति शेर बहादुर देउवालाई आफ्नै शितल निवासमै बोलाएर राष्ट्रपति भण्डारीले लेखकको भनाईप्रति आपत्ति प्रकट गरेकीहुन ।

नयाँ सरकारको गठन प्रक्रिया सुरु नहुँदै राष्ट्रपति भण्डारीलाई विवादित पार्ने गरी काग्रेस र माओवादीका सांसदहरुले संसदमा आफ्नो भनाई राख्ने क्रममा राष्टपतिलाई विवादमा तान्ने काम गरेका थिए ।

देउवा निकट कांग्रेस सांसद रमेश लेखकले शनिवार संसदमा बोल्ने क्रममा नयाँ प्रधानमन्त्री चयन गर्ने सन्दर्भमा राष्ट्रपतिले आह्वान गर्न नपर्ने र राष्ट्रपतिले दुःख गरिरहनु नपर्ने बताएका थिए ।

ramesh lekhakगणतन्त्र स्थापनापछिका हरेक सरकार गठनका बेला राष्ट्रपतिले शुरुमा सहमतीय सरकारका लागि आह्वान गर्ने र त्यसो नभए संसदबाट बहुमतीय प्रक्रिया शुरु हुने गरेको छ । संविधानसभाबाट संविधान जारी भएपछि बनेको केपी ओलीको सरकार पनि यही प्रक्रियाबाट बनेको हो ।

संविधान अनुसार नै राष्ट्रपतिको भूमिका प्रष्ट रहेकाले यसमा दलहरुले अनावश्यक तर्क गर्नु दुःखदायी रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए । उनले भने- ‘राष्ट्रपतिको भूमिका संविधानले नै प्रष्ट गरेको छ, जिम्मेवार दलका जिम्मेवार नेताहरुले बोल्दा विचार पुर्‍याउनुपर्ने हो ।

One thought on “कांग्रेस र माओवादी सांसदको भनाईप्रति राष्ट्रपतिको आपत्ती !
  1. संसद्मा जे पनि बोल्ने इ सबै कुकुर सबै बिदेशी घस्मा पालिएका उनले जे भन्न भनेका छन् जो लेखेर दिएका छन् तेहित बोल्ने हिन कठै बिदेशी गुलाम हो

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice