bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28668 ) ) )

रामचन्द्र प्रधानमन्त्री बन्न खोजेको देउवाको आरोप, संयुक्त बैठकमा टकराव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता रामचन्द्र पौडेलको संयुक्त बैठकमा आलोचना गरेका छन् । नेता पौडेलले विहीबार सहमतिका लागि चार बुँदे प्रस्ताव अघि सारेका थिए ।

पौडेलको प्रस्तावमा छलफल गर्न बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा देउवाले पौडेलको आलोचना गरेका छन् । ‘हिजो आएको प्रस्ताव नियोजित छ, त्यसमा सहमत हुन सकिँदैन’ बैठकमा देउवाले भने ‘यो एमालेले ल्याउने जस्तो प्रस्ताव भयो ।’
देउवाले एमालेको गोठी बनेको आरोप लगाइरहँदा पौडेलसँगै बसिरहेका थिए । देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मोर्चा नेता उपेन्द्र यादवले पौडेलको प्रस्ताव आत्मकेन्द्रीत र नियोजित भएको आरोप लगाएका थिए ।

कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा पौडेलको आलोचना भएपछि उनले पनि कडा शैलीमा प्रष्टीकरण दिएको स्रोतले बताएको छ । ‘यहाँ म मात्र बाघ हुँ अरु स्याल हुन भन्ने कुरा मान्न सकिँदैन’ पौडेलले भने ‘पार्टीबीच द्धन्द नचर्कियोस् र सजिलो बाटोबाट समस्या सामधान होस भन्ने मैले चाहेको हुँ, म प्रधानमन्त्री बन्न खोजेको होइन ।’

पौडेलले आफ्ना प्रस्तावको बचाउ गर्दा गर्दै पनि देउवा, प्रचण्ड र मधेसी मोर्चाका नेताहरुले अस्वीकार गरे । उनीहरुले अविश्वासको प्रस्तावलाई एक नम्बर सुचीमै राखेर छलफल गर्नु पर्ने निस्कर्ष निकाले । त्यसमा पौडेल मौन बसे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice