सभामुखले प्रधानमन्त्रीको राजीनामा मागेपछि ओली शीर्ष दलको बैठकमा कडकिए

सबै राजनीतिक दल र पार्टीको बन्नुपर्ने र  विपतको घडीमा मध्यमार्गी भूमिका खेल्नुपर्ने  सभामुख ओनसारी घर्ती माओवादी पार्टीको मात्र बन्न खोजेसँगै आज विहान बसेको शीर्ष दलको बैठकमा छेडखानी चलेको छ ।

आज विहान  बसेको शीर्ष दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसारी घर्तीबीच चर्काचर्की परेको छ । सिंहदरवार स्थित सभामुख ओनसरी घर्तीकै कार्यकक्षमा छलफल चलिरहँदा सभामुख घर्तिले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएकी थिईन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्न थियो ‘ असार २९ गतेको बजेट आश्रित विधेयक पास गर्ने कार्यसूची किन हटाउनु भएको? त्यो हटाउने अधिकार तपाईँलाई छ ?’

जवाफमा सभामुख घर्तीले  प्रधानमन्त्रीलाई तपाईँका मात्र कुरा हुन्न, सभामुखका रुपमा मेरा पनि जिम्मेवारी हुन्छन्,असार २८ गते अविश्वासको प्रस्ताव आएपछि कि तपाईँले राजीनामा दिनुपर्थ्यो, कि अविश्वासको प्रस्ताव फेस गरेर जानुपर्छ’,भन्दै जवाफ फर्काइन ।

यस अगाडि बोल्दै काग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिएर वेलायती प्रधानमन्त्री डेभिड क्यामरुन झै बन्न सुझाएको स्रोतले जानकारी दिएको छ । सो वैठकमा माओवादी अध्यक्ष प्रचण्ड,काग्रेस सभापति शेरबहादुर देउवा,पूर्व सभामुख सुवास नेम्वाङ,नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा लगायतका नेताहरुको उपस्थित रहेको थियो । सहमती खोज्ने नाममा सो वैठकमा विवाद हुँदा विहान ११ बजेको लागि तय भएको संसद बैठक अहिले २ बजेसम्मका लागि सारिएको छ । यो बीचमा पुन १ बजे शीर्षस्थ नेताहरुको बैठक बसेर सहमतिको बाटो तय खोजिने नेताहरुले बताँएका छन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice