bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28494 ) ) )

लक्ष्य भन्दा ३२ करोड बढि राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आ.व. २०७२/७३ मा काठमाडौँ महानगरपालिकाले ३२ करोड बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा  एक अर्ब ४६ करोड राजस्व सङ्कलनको लक्ष्य राखेका का.म.पा.ले एक अर्ब ११ करोड ९९ लाख रकम असुल गरेको थियो । त्यसैगरी, गत आ.व.का लागि एक अर्ब ५८ करोड २० लाख लक्ष्य रहेकामा  एक अर्ब ४३ करोड १८ लाख ४८ हजार मात्र रकम असुल गरेको छ ।

आम्दानी समग्रमा बढे पनि शीर्षकगत रुपमा भने राजस्व सङ्कलन त्यति राम्रो रहेको पाइँदैन । जस्तै मालपोत, घरजग्गा, सवारी, ब्यानर, बसपार्क, पसल बहाल, आकासे पुल, सव वे कर गत वर्षको तुलनामा घटेको छ भने मनोरञ्जन, व्यवसाय, घरबाहल, नक्सा जरिवानाजस्ता शीर्षककमा भने आर्थिक सङ्कलन बढेको छ ।

कामपाले यस वर्ष पनि लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न नसक्नुको प्रमुख कारण भूकम्प र लामो समयसम्म भएको नाकाबन्दी भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख राज्य प्रकाश प्रधानाङ्ग बताउछन् । भूकम्पका कारण करिब पाँच हजार घर पूर्णरुपमा र सात हजार घर आंशिक रुपमा क्षति भएकाले ती घरका घरधनी र उक्त घरमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीबाट कर असुल हुन नसकेकाले राजस्व सङ्कलनमा कमी आएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice