‘राष्ट्रपति एमाले र म माओवादी होइनौ’–सभामुख

काठमाडौं । सरकारलाई जानकारी नै नगराई पुरक बजेटमाथीको छलफल हटाएपछि चौतर्फी आलोचित भएकी सभामुख ओनसरी घर्तिले आफुलाई माओवादीका रुपमा नहेर्न आग्रह गरेकी छिन् ।
आज आफ्नै निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी घर्तिले आफु माओवादी पार्टीको आदेशमा नभई संविधान अनुसार चलेको दावी समेत गरिन । ‘राष्ट्रपतिलाई एमाले, मलाई माओवादीको र प्रधानन्यायाधीश अर्कै पार्टीका रुपमा बुझ्नु राम्रो होइन’ सभामुख घर्तिले भनिन्  ‘संविधानले दिएको अधिकार र विगतका नजिरहरुलाई हेरेर म काम गर्छु ।’
सभामुख घर्तिले कांग्रेस र माओवादीले नमानेका कारण आफुले पुरक बजेटमाथी छलफल गराउन नसकेको बताइन । ‘मैले तीन दिन कांग्रेस र माओवादीका नेताहरुसँग छलफल गरेँ तर उहाँहरुले मान्नु भएन’ उनले भनिन् ‘विगतका नजिर हेरेर सुचिबाट छलफल हटाएकी हुँ ।
दलिय सहमति भए आफु अविश्वासको प्रस्ताव भन्दा पहिले बजेटमाथीको छलफललाई अगाडी बढान तयार रहेको बताइन ।
आजै प्रधानमन्त्री ओलीसँग भेट गरेकी सभामुख घर्तिले आफ्नो जिम्मेवारी तटस्थताको बिन्दुमा भएको र त्यसलाई डगमनाउन नदिने प्रतिवद्धता जनाइन । तर तिनै सभामुख घर्तिको कार्यकक्षमा सरकार ढाल्ने योजना र कांग्रेस माओवादीबीच ७ बुँदे प्रस्ताव तयार भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice