bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28462 ) ) )

पति बर्षमानको आदेशभन्दा संविधानको आदेशबाट चल्न सभामुखलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पतिको आदेशभन्दा संविधानले दिएको अधिकारबाट चल्न सभामुख ओनसरी घर्तिलाई आग्रह गरेका छन् । मंगलबार विहान सभामुख घर्तिलाई आफ्नै निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पति बर्षमान पुनको आदेशभन्दा संविधानले दिएको परिधिभित्र रहेर चल्न आग्रह गरेको स्रोतले बताएको छ ।
बजेटमाथीका पुरक प्रस्तावहरुलाई हटाएर एकैपटक सभामुख घर्तिले अविश्वासको प्रस्तावमाथी छलफल गराउन खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोसित बनेका छन् । आक्रोसित ओलीले बालुवाटारमा सभामुख घर्तिलाई कडा शैलीमा चुनौति दिँदै, सवै खाले चुनौतिको सामना गर्न आफु तयार भएको बताए ।
‘तपाई पति बर्षमान पुनको आदेशमा चल्दै हुनुहुन्छ, संसद तपाईको घर र संविधान घरभित्रको नियम होइन’ कडा शैलीमा प्रधानमन्त्री ओलीले भने ‘यदि यही प्रकारबाट चल्ने हो भने हामी पनि त्यही प्रकारले चल्छौ ।’ प्रधानमन्त्री ओलीले घर्तिका पति बर्षमान पुनको नाम लिएर भने ‘केही दिनअघि बर्षमानजीले हामी एमालेको चंगुलबाट मुक्त भयौ भन्दै अभिब्यक्ति दिनुभयो, यदि त्यसो हो भने म पनि अब मुक्त छु, सवै चुनौति सामना गर्छु ।’
प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव भन्दा पहिले बजेटका पुरक विधेयकमाथी छलफल गराउन सभामुख घर्तिलाई आग्रह गरेका छन् । ‘तपाईको कार्यशैली सभामुखको भएन, पार्टी कार्यकर्ताको भयो’ प्रधानमन्त्रीको भनाई उर्दृत गर्दै स्रोतले भन्यो ‘म अल्पमतमा परेको तपाईलाई कसरी जानकारी भयो ?’ ओलीले सरकार अल्पमतमा परेका वा नपरेको बिषय संसदमा टेष्ट गरेपछि मात्र थाहा हुने बताए ।
‘तपाई पार्टी कार्यकर्ता होइन, देशको सभामुख हो’ ओलीले भने ‘सरकारले संसदलाई बिजनेश दिने हो, पास या फेल त संसदको काम हो । तपाईले बिधयेकमाथीको छलफल अगाडी बढाउनुहोस् ।’
प्रधानमन्त्री आक्रोसित भएपछि सभामुख घर्तिले आफु दलिय सहमति अनुसार चल्ने बताइन । ‘म तपाईलाई आफ्नो अभिभावक र राजनीतिक गुरु मान्छु, एउटा पार्टीको कार्यकर्ता भएर चल्दिँन, सवैको सहमतिमा अघि बढ्छु’ घर्तिले जवाफमा भनिन् ।

2 Comments
  1. प्र,म,ले जती बिगतको दिनहरुमा बोल्नु भयो गर्नु भयो त्यो अर्कै पाटाहो,जो आज सभामुख संग बोल्नु भयो त्यो भने गैर्‍ह जिम्मावार हो त्यस्तो निच ब्याहोरा का अत्यन्तै तल्लो इकाइका ब्यक्ती हरुले मात्र गर्छन् । राष्ट्र प्रमुखले गर्ने कुरा होइन उहाँले सदन मा सभामुख संग माफि माँगनु पर्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice