मलाई प्रधानमन्त्रीबाट हटाएर तमासा देखाउला भन्ने नसोच्नुः केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सी छाड्न कुनै गाह्रो नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पहिले नै धरती छाड्न लागेको मान्छेलाई प्रधानमन्त्रीको पद छाड्न कुनै अप्ठ्यारो नभएको बताएका थिए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएर राजीनामा मागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताबाट हात झिकेको प्रमुख दल नेकपा (माओवादी केन्द्र) प्रति आक्रोसित हुँदै उनले संसदको अविश्वास प्रस्तावको सामना गर्ने पनि बताए ।

सोही कार्यक्रममा ओलीले माओवादीले सरकारबाट बाहिरिएर विचैमा धोका दिएको आरोप लगाए । आगामी हुने चुनावसम्म १४ बुदें सहमति अनुसार नै सहकार्य गर्ने सहमति भएतापनि माओवादी हावा भरिएको फुटवल जस्तो उफ्रिएको कटाक्ष गरे । ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर विभिन्न प्रकारको खेल खेल्न र तमासा देखाउन पाइन्छ भन्ने नसोच्न पनि उक्त दलहरुलाई चेतावनी दिएका छन् । उनले भने यो मुलुकमा नेकपा (एमाले) पार्टी पनि छ ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कुरा हल्लामात्र भएको बताए । उनले देश अस्थिरता तर्फ नलम्कियोस भन्नका लागि पनि सबैसँग मिलेर अघि बढ्ने कार्यक्रममा बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice