देउवा र महराले सरकार ढाल्ने पहिलो योजना दिल्लीमा बनाएको मलाई सुचना छ

काठमाडौ. । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकार ढाल्ने पहिलो योजना दिल्लीमा बनाएको उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आरोप लगाएका छन् । आइतवार साँझ विविसीसँग कुरा गर्दै एमाले उपाध्यक्ष समेत रहेका रावलले भारतको योजनामा केही महिनाअघि कांग्रेस सभापति देउवा र माओवादी नेता महरा दिल्ली पुगेका र त्यही सरकार ढाल्ने पहिलो योजना बनेको बताए । ‘म  सुचनाका आधारमा भन्दै छ, सरकार ढाल्ने पहिलो योजना देउवा र महराले दिल्लीमा बनाएका थिए’, रावलले भने ‘त्यसको मध्यस्तता भारतीय पक्षले गरेको थियो ।’

कांग्रेस सभापति देउवा ६ बैशाखमा पत्नी आरजु देउवाको उपचारका लागि दिल्ली पुगेका थिए । एक सातादेखि देउवा दिल्ली बसिरहेका बेला महरा दिल्ली पुगेका थिए । महरा पनि दिल्लीमा चार दिन बसेका थिए । उनीहरुको भेट भएको या नभएको बिषयमा भने अझै कुनै रहस्य खुलेको छैन ।

१४ बैशाखमा देउवा र महरा स्वदेश फर्केपछि १९ बैशाखका केपी ओली नेतृत्वको सरकार ढाल्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेस माओवादीबीच ७ बुँदे सहमति भएको थियो । ७ बुँदेमा सहमति नुहँदै प्रचण्ड एमालेसँग नौ बुँदे सहमति गर्न पुगेका थिए । त्यसलाई कांग्रेसले राजनीतिक धोकाका रुपमा लिएको थियो ।
दिल्लीमा नै पहिलो सरकार ढाल्ने योजना बनेको दावी गर्दै उपप्रधानमन्त्री रावलले त्यसको एमाले सामना गर्ने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, हामी संसदमा अविश्वासको प्रस्तावको सामना गर्छाै’ , रावलले भने ।

One thought on “देउवा र महराले सरकार ढाल्ने पहिलो योजना दिल्लीमा बनाएको मलाई सुचना छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice