‘प्रचण्ड एकैरातमा बदलिएको देखेर म तीन छक परेँ’

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै रातमा ‘यू टर्न’ भएको बताएका छन् । सत्ता गठबन्धन तोड्न देशी विदेशी शक्तिहरु लामो समयदेखि चलखेलमा लागेपनि प्रचण्ड एकसाता अघिको आइतबारसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको दावी गरेका छन् । ‘उहाँ एक सातासम्म यही सत्ता गठबन्धनलाई निरन्तता दिने पक्षमा हुनुहुन्थ्यो’ महासचिव पोखरेलले भने ‘एकै रातमा मनस्थिति परिवर्तन गर्नुभएछ ।’
एमाले र माओवादीबीच पहिले १४ बुँदे र त्यसपछि ९ बुँदे सहमति भएको वताउँदै तीन बुँदे भद्र सहमति नभएको बताए । ‘त्यही बहानामा उहाँलाई एकै रातमा परिर्वतन गरिएछ’ उनले भने ‘ बालुवाटारमा प्रचण्डसँग एकसाता अघि मेरो भेट भएको थियो, उहाँले यही सरकारलाई निरन्तता दिने बताउनु भएको थियो ।’
दाहाललाई एकैरातमा परिर्वतन गर्न उनकै पार्टीका केही नेता र विदेशी शक्ति लागेको बताए । ‘मलाई पार्टीभित्र त अप्ठेरो छ, राष्टिय सहमतिको सरकार बन्ने भए मलाई छोडिदिनु होला नत्र यही सरकार चुनावसम्म लिनु पर्छ, दाहालले बालुवाटारमा यही यही भन्नुभएको थियो’ पोखरेलले भने । तीन बुँदे सहमतिमा माओवादीले किर्ते गरेको समेत उनले आरोप लगाए । ‘केही पत्रिकाले तीन बुँदे सहमति भनेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष दाहालको हस्ताक्षर भएको पत्र छापेका छन’ उनले भने ‘प्रधानमन्त्रीको सही किर्ते गरेर माओवादीले तीन बुँदे बाहिर ल्याए ।’
महासचिव पोखरेलले अविश्वासको प्रस्तावमा एमालेले सामना गर्ने समेत बताए । संविधान अन्र्तगत आफ्नो दल अविश्वासको प्रस्तावको सामना गर्न तयार रहेको बताउँदै प्रधानमन्त्रीले राजीनामा नदिने समेत बताए । ‘प्रधानमन्त्रीज्यूले अहिले राजीनामा दिने कुरा आउँदैन, संसदमै कानुसम्वत फेस गछौ’ उनले भने । तर अविश्वासको प्रस्ताव दर्ता गर्ने दल नेपाली कांग्रेस र माओवादीले भने राजीनामा दिनु पर्ने अडान लिँदै आएका छन् ।

One thought on “‘प्रचण्ड एकैरातमा बदलिएको देखेर म तीन छक परेँ’
  1. बोली र व्वबहार कसैको फरक हुन्छ भने या त त्यो कम्युनिस्ट हो या त त्यो फटाहा हो अहिलेलाई यत्ति बुझौ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice