bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28391 ) ) )

सूर्यकिरणहरुलाई मस्ती,जिल्ला सचिवलाई सास्ती

काठमाडौं। सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुले केन्द्रमै  बसेर अनियमितता गसिररँहदा जिल्ला जिल्लामा  खटिएका सचिवहरुले भत्ता नपाएको गुनासो गरेका छन ।

आयेगका अध्यक्ष सूर्य ककिरण गुरुङ र केही पदाधिकारीहरुले केन्द्रमै बसेर  जिल्ला घुमेको नक्कली र कोठे प्रतिवेदन बनाइरहेको गुनासो आइरहँदा यिनै पदाधिकारीहरुलाई जिल्ला जिल्लाबाट काममा सघाउने जिल्ला सचिवहरुले कुनै पारिश्रमिकता नपाएको गुनासो गरेका हुन ।

२०७३ वैशाख ५ देखि असार २ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगले शसस्त्र द्धन्द्धका पीडित समक्ष उजुरी आव्हान गरेको थियो ।

प्रत्येक जिल्लामा स्थानीय शान्ति समिति मार्फत आयोगले उजुरी लिईरहेको  थियो ।  शान्ति सचिवहरुलाई दर्ता अधिकारी भनेर तोकिदिए पनि यसका बापत सचिवहरुलाई दुवै आयोगले पारिश्रमिक लगायत कुनै पनि सेवा सुविधा प्रदान नगरेका हुन ।

तर केन्द्रमा बस्ने कर्मचारीहरुलाई भने दैनिक ६ सयका दरले भत्ता बाडिएको भेटिएको छ ।

नाम नलेख्ने शर्तमा पश्चिमका एक सचिवले एसकाठमाडौंसँग भने ‘के स्थायी कर्मचारीले मात्र अनेक सेवा सुविधा उपभोग गर्न पाउने हो र ? हामी अस्थायी भएपनि काम त गरिरहेका छौं, देशको शान्ति प्रक्रियालाई निसर्त र विना पारिश्रमिक सहयोग गर्ने हाम्रो मात्र जिम्मेवारी हो र ?’

कहिले माओवादी र कहिले सेना प्रहरीबाट त्यस्ता धम्कीहरु आउने गर्छन् । कसले किटेर उजुरी हालेका छन्, तिनीहरुको नाम दिनुहोस् भन्दै धम्की आउने गरेको ति सचिवले दुखेसो पोखे ।

यो समस्या देशभरिका शान्ति सचिवहरुले भोगिरहेकै छन् । ‘फिल्ड’ मा गएर काम गर्ने हामी तर दैनिक भत्ता बुझ्ने चाहीं केन्द्रमा बस्ने कर्मचारी ?’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice