यि हुन नेपाली सेलिव्रेटीका विवादित तस्वीरहरु

कलाकारले के बोल्छ, के खान्छ, कहाँ जान्छ, के लाउँछ जस्ता सानातिना कुरामा आममानिसले निकै चासो राख्छन् । कहिले असावधानी त कहिले यत्तिकै बिना कारण उनीहरु विवादमा मुछिन्छन् । कसैलाई त्यस्ता विवादित कुराले समान्य असर गर्छ भने कसैलाई अप्ठ्यारो नै पार्छ । यस्तै विवादमा तानिएका केही नेपाली नायिकाका तस्वीरहरु हामी प्रस्तुत गर्दैछौँ ।

Rekha
रेखा थापा: अभिनेत्री रेखा थापा प्राय विवादमा आइरहन्छिन् । उनका विवादका कथा धेरै छन् । कहिले सहकर्मी कलाकारसँगको झगडाले त कहिले पत्रकारलाई चड्कन लाएर । यसबाहेक उनले लगाएको पोशाकका कारण पनि उनी सधैं विवादमा हुन्छिन् । यहिक्रममा उनको एउटा फोटोले उनलाई विवादमा तान्यो । फोटो हो केही समय अघिको शिवरात्री ताकाको । फोटोमा रेखा थापाले चलचित्र बिकास बोर्डका अध्यक्ष धरमेन्द्र मैरावतसंग आफ्नै घरमा चुरोटमा गाँजा भरेर पालैपालो खाएको देखिन्छ । यो फोटोले लामो समयसम्म नेपाली मिडियामा चर्चा कमायो ।

Subekchhya 1

Subekchhya 2
शुभेच्छा थापा: नेपाली चलचित्र नगरीमा अभद्र व्यवहारका कारण शुभेच्छा विवादास्पद बनिन् । उनको दुइ फोटोले तहल्का मचायो । उनको फोटोहरु यति विवादास्पद थिए की उनले सार्वजनिक रुपमै माफि माग्नु प¥यो । माछाले बक्षस्थल छोपेको फोटोबाट उनले कडा आलोचना खेप्नु प¥यो भने बौद्धधर्मावलम्बीको पवित्र खादाले गोप्य अंग छोपेर खिचेको तस्वीरका कारण सबैको घृणाको पात्र बन्न पुगिन् । आफ्नो अभद्र व्यवहारका कारण उनी कारवाहीमा समेत परिन् ।

Richa Kiss 012
शिखा शाहि र ऋचा शर्मा: केही महिना अघि रिलिज भएको चलचित्र जंगेको एक कार्यक्रममा नायिका शिखा शाहीले रिचा शर्माको गालामा सार्वजनिक रुपमै चुम्बन गरे पछि धेरैले यसबारे गसीप गरे । शिखा शाहि र ऋचा शर्माको समाचारले हंगामा गरायो । यो धेरैका लागि चासोको विषय बन्यो । शिखाले आफूलाई चुम्दा ऋचाले असहज महशुश गरकी थिइन् ।

CnKJ82BVYAIWia5
प्रियंका कार्की: अहिलेकी अत्यन्तै व्यस्त नायिका प्रियंका कार्की पनि बेला बेला कन्टोभर्सीमा परिरहन्छिन् । डायनिङ टेबलमा सेक्स गर्न मज्जा आउँछ भन्ने सेक्स सम्बन्धी खुल्ला अभिव्यक्ति दिंदा धेरैले उनलाई उडाए । उनले विविध आलोचना खेप्नु पर्यो । यस्तै केही समय अघि भित्री बस्त्र देखिने गरी आएको फोटोले हंगामा मच्चाएको थियो । त्यसो त सामाजिक सञ्जालमा आफू प्रति पाएको नकारात्मक टिप्पणीले चित्त दुखेको बताउने कार्की यति बेला अमेरीकामा छिन् । अमेरीका बसाईको क्रममा वालस्ट्रिटमा खिचिएको उनको एउटा विवादस्पद फोटो टुइटरमा भेटिएको छ । हालैमात्र सार्वजनिक भएको सो फोटाले आलोचना गर्ने धेरैलाई प्रशस्तै ठाउँ दिएको छ ।

Susma

शुष्मा कार्की: आइटम गर्लको उपाधि पाएकी सुन्दरी नायिका शुष्मा कार्कीको यो फोटोले पनि उनलाई ठूलो विवादमा तान्यो । मलेसियामा आयोजित एक सांगितिक कार्यक्रममा नाच्ने क्रममा भित्रि वस्त्र नै देखिने गरी प्रस्तुति दिएपछि उनको त्यो तस्वीर धेरै अनलाईन मिडियामा छापियो । साथै, उनलाई उत्तेजक नृत्य गर्ने छाडा भनेर धेरैले आलोचना समेत गरे ।

neeta 1

निता ढुङ्गाना:  नायक आमेश भण्डारीसंगको ब्रेकअपको हल्ला सेलाउन नपाउँदै निताले आफ्नो फेसबुकमा सिउँदोमा सिन्दुर हालेको फोटो सार्वजनिक गरिन् । फोटो सार्वजनिक भए तगत्तै सिने नगरी यसै तात्यो । धेरैका लागि यो गसीपको विषय बन्यो कारण फोटोमा उनीसँग नायक निखिल उप्रेती पनि छन् । दुई श्रीमती विवाह गरिसकेका निखिलले फेरि अर्को विवाह गरेको भन्ने हल्ला चल्यो । तर, निकिता र निखिलको त्यो फोटो फिल्म निर्भयको छायाकंनको दौरानमा खिचिएको हो । धेरैलाई भ्रममा पार्ने यस्तो फोटो पोष्ट गर्नुलाई कतिले अपरिपक्व र क्रेजीनेस भनेका छन् । जे होस् यो सेल्फीले नीतालाई चर्चा र  विवादमा ल्यायो ।

फर्सि नेटवर्कको सहयोगमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice