भोली बिहान तिम्रो मुहार हेर्न सकुँला साली ?

बैकुण्ठ ढकाल

कस्तो साईतमा मैले बहिनी भनेर टीका लगाएर गोडै ढोगिछु नि । दिदी–बहिनी नभएका पीडाले रन्थनिएर सालीको गोडामा घोप्टिन पुगें ।

तिहारको दिन टीका लगाई दिएको हैन, क्यार । उसले पनि त मलाई दाइ भनेर टीका पनि त लगाई दिएकी छैन नि ।

भाबनामा बगेर मैले बिजया दशमीको दिन टीका लगाई दिएको त हो नि, आखिर आफ्नो आमा बाको रगत हैन क्यार, पछि जोडेको नाता त हो नि ? जोडेर जोडिने नाता त हो । फोरेर फेरी जोड्न सकिएला नि ?

हैन, निन्द्रा पनि आज कहाँ भागेको होला भन्या ।

दिनभर माघी महोत्सबमा सहभागी भएर चौधरी साथीहरुले खुवाएको घोंगी र चामलको मोहीले कत्ति पनि छोएको हैन्, आ होस अब त निदाउनै पर्यो ।

भिनाजु, तपाँई पनि निदाउनु भएको छैन ?

अँ, हेर न निन्द्रा नै लागेन भन्या, सञ्जु तिमी पनि अहिलेसम्म निदाएकी छैनौं ?

हेर्नु न, ओछ्यान फेरेपछि मलाई त निन्द्रा पर्दै पर्दैन भन्या । सधैं खाटमा सुत्ने बानी, काठमाण्डौंको चिसो त्यहाँमाथि भुँईको ओछ्यान …………

हो, आऊ न त तिमी खाटमा सुत, म भुँईमा सुत्छु ।

पहिले त नाईँ भन्दै थिईन तर पछि राजी भईन, तर म पनि खाटमै सुत्ने शर्तमा ।

बत्ति बलिरहेकै थियो, निन्द्रा परिरहेकै थिएन् ।

(ठ्याक्कै दिदी जस्तै छे मोरी, दिदीभन्दा अलिकति गोरी मात्रै । नाक, ओठ, मुख, गाला, निधार ठ्याक्कै उस्तै । अहिले उसकी दिदी भएकी भए, यत्ता फर्किनु न भनेर जिद्दि गर्थि, म मन नभए पनि फर्किन बाध्य हुन्थें । उसको कसिलो अंगालोमा बाँधिन्थे, अनि कस्ले फुकाउन सक्थ्यो र त्यो बन्धन, आहा ! सम्झँदैमा पनि कत्ति आनन्द ।

तर के गर्नु उनी अहिले सात समुन्द्र पारी छिन, मोबाईल र स्काईपमा सुनेर हेरेर चित्त बुझाउनु परिरहेको छ । मन बुझे पनि तन बुझेको हैन । आ जे त होस, ससुराली जाँदा पो बहिनी बनाएको हुँ त । म कहाँ आउँदा त साली नै त हो नि । घरबाट आउँदा पनि भिनाजु कहाँ जान भनेरै आएकी हो, मलाई पनि दाइ भनेको हैन कहिल्यै । जसले जे भने पनि उसको भिनाजु नै हो क्यार म)

जीऊ, तनक्क पारें । सञ्जुलाई उसको दिदीलाई झैं गोडा बोकाएँ । कुनै प्रतिक्रिया आएन, अबरोध पनि भएन । उनी पनि ननिदाएको निश्चित थियो । दुबै गोडा बोकाएँ, पालैपालो सलबलाएँ, बेग्लै आनन्द आयो । उसकी दिदी जस्तै तातिएकी, मैले बिस्तारै आफूतिर ताँने, नथ्थिमा तानेझैं उनी पनि सजिलै फर्किईन ।

(आखिर आगोको छेउमै राखिएको घ्यू, नपग्लिएको कहाँ छ र)

मेरो गोडासंगसंगै हात पनि सक्रिय हुन थाले, उनकी दिदीका अंगहरुमा सल्बलाए जस्तै । तर उताबाट कुनै प्रतिक्रिया आईरहेको थिएन, मञ्जु भएको भए पो, आउँथ्यो त प्रतिक्रिया । उनका उर्भर चुचुराहरु पनि हात पुर्याएँ । न प्रतिक्रिया न त प्रतिकार नै । यस्तो हुँदा पनि ठूलो फसाद पो पर्दो रहेछ ।

हात गोडाहरु चलिरहेका थिए, मुख बन्द थियो, मुख बन्द भएपछि आवाज के आउँथ्यो । मैले आवाज निकालें, सञ्जु ! तिमी पनि केहि गर न ?

ढुङ्गो बोल्ला मान्छे बोलेन ।

मेरो हातहरु अब माथिबाट तल जान थाल्यो ।

उनको टाउजरको स्लाष्टिक नेर मेरो हात पुग्ने बित्तिकै आवाज आयो ।

भिनाजू

हअँ, ………

असिन पसिन भइसकेकी थिईन सञ्जु पनि, तर आँखा बन्द थिए । तर निदाएका थिएनन ।

एउटा कुरो भनुँ ?

भन न ?

साँच्चै भन न ?

तपाँई मलाई के मान्नु हुन्छ ?

मैले नसोची जवाफ दिएँ– साली । (सालीलाई साली नमानेर मैले के मान्नु)

बहिनी भनेको हैन र ?

साली र बहिनी एउटै त हो ।

तर भिनाजु म त तपाँईलाई भिनाजु मात्रै नमानेर अभिभाबक मान्छु । उमेरले जे सुकै होस म तपाँईलाई बुबा समान ठान्छु । के एउटा बुबाले छोरीलाई गर्ने ब्यबहार यस्तै हुन्छ ?

(बुबा समान, बुबाले छोरीमाथि गर्ने …………. ? (मेरो मनमा शब्दहरु गुज्जिरह्यो, दोहोरिरह्यो । निरन्तर ।)

अघिसम्म मनले शरीरलाई नियन्त्रण गर्न सकिरहेको थिइन, अघिसम्म उनले शरीरले साथ नदिंदा पनि म तातिरहेको थिएँ । तर अहिले वाणीले साथ नदिंदा सेलाएँ । जोश, जाँगर, उत्तेजना एकै साथ शिथिल भए । के अब म भोलि बिहान सञ्जुको अनुहार हेर्न सकुँला ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice