प्रधानमन्त्री नबन्दै मन्त्री छान्न प्रचण्डलाई हतारो, आजै नाम टुंग्याउने तयारी

काठमाडौ । प्रधानमन्त्री नबन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री छान्न थालेका छन् । नेपाली कांग्रेससँग लिखित सहमति भएपछि माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ । कुन कुन मन्त्रालय पाउने हो ? त्यसको टुंगो नलाग्दै दाहाल मन्त्री छान्न ब्यस्त भएका छन् ।
दाहाल नेतृत्वमा नेता कृष्णबहादुर महरा लगभग पक्का छन् । उनी अर्थमन्त्री हुने तयारी थालेका छन् । तिनै महरालाई मन्त्री छान्ने जिम्मा दाहालले दिएका छन् । दाहालका नजरमा जनार्दन शर्मा पनि थिए । तर उनले तत्काल मन्त्री नखाने निर्णय गरेका छन् ।
महराले हाल बहालमन्त्री रेखा शर्मालाई फेरी मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । आज बस्ने माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा महराले मन्त्री बन्नेहरुकोे सुचि प्रस्तुत गर्ने भएका छन् । उनले प्रस्तुत गरेको सुचीका आधारमा मन्त्रीको टुंगो लगाउने तयारी माओवादीले गरेको छ ।
उता नेपाली कांग्रेसभित्र पनि मन्त्री बन्नेको दौड सुरु भएको छ । गृहमन्त्रीका लागि नेपाली कांग्रेसबाट तीन जनाको दावी रहेको छ । अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र पूर्णबहादुर खड्काको नाम चर्चामा रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice