ओली सरकारलाई काग्रेस माओवादीको खबरदारी (विज्ञप्ती सहित )

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतममा परिसकेकाले स्वतः कामचलाउ अवस्थामा रहेको निष्कर्ष निकालेका छन् । उनीहरुले आज एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

Cong-Mao-press-statement

बुधबार सरकार विरुद्ध अविश्वासको प्रस्ताव व्यवस्थापिका—संसदमा दर्ता गराइसकेका कांग्रेस र माओवादीले सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि कामकारवाही अगाडि नबढाउन विज्ञप्ती मार्फत खवरदारी गरेका छन् ।

वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालिन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछौ । संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ । उनीहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसगै सरकार कामचलाउ अवस्थामा रहेको पनि जानकारी गराएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice