अर्थमन्त्रीलाई असफल पार्ने गर्भनर नेपाल सक्रिय, मौद्रिक नीति आज सार्वजानिक गरिदै

चार दिन अगाडि नै सार्वजानिक गर्ने तयारी गरिएको मौद्रिक नीति लामो लफडा पछाडि आज सार्वजानिक हुने भएको छ । मौद्रिक नीतिको किताब प्रकाशनको कभरमा पनि असार २६ गतेकै मिति राखिएको थियो । तर २६ गते मौद्रिक नीति सार्वजनिक हुने आशामा रहेकाहरु राष्ट्रबैंकभित्र पाकेको खिचडीका कारण  मौद्रिक नीति चार दिन ढिलो मात्र सार्वजानिक हुने भएको हो ।

उच्च स्रोतका अनुसार मौद्रिक नीति केही दिन ढिलो हुनु पछाडिको कारण गभर्नरको स्वार्थ नीतिमा लादिएको सूईँको पाएका अर्थमन्त्री पौडेलले अन्तिम डाफ्ट मागेपछि हो ।अर्थमन्त्रीको यही निर्देशनपछि गभर्नर आफ्नो योजना असफल हुने हुने भयो भन्दै आत्तिएका थिए । उनको योजनाहरु अर्थमन्त्रीले तुहाइदिएसँगै अहिले ठण्डाराम बनेका छन्  ।

गभर्नरले मौद्रिक नीतिबाट सरकारलाई असहयोग गर्ने रणनीति  बनाइरहेको सुइको राष्ट्रबैंकका केही कर्मचारीहले अर्थमन्त्री पौडेल समक्ष पुर्याएका थिए । यही सुँइको पाएका अर्थमन्त्री पौडेलले तत्कालै गर्भनर नेपालसँग मौद्रिक नीतिको ड्राफ्ट मागेको अर्थमन्त्रालय स्रोतको भनाई छ ।

 अर्थमन्त्री विष्णु पौडेलले अन्तिम ड्राफ्ट आफूलाई देखाउन कडा निर्देशन दिएपछि पूर्व निर्धारित समयमा मौद्रिक नीति सार्वजनिक योजना तुहिएको अर्थमन्त्रालय उच्च  स्रोतको दावी गरेको छ । मन्त्रालयका ति पदाधिकारीले एसकाठमाडौंसँग भने ‘यही कारण मौद्रिक नीति सार्वजानिक गर्न ढिलाई भएको हो ।’

गभर्नर डा चिरञ्जिवी नेपालले सरकारको बजेट वक्तव्यलाई असहयोग गर्ने रणनीतिका साथ मौद्रिक नीति बनाउने ठूलो कसरत गरेका थिए । राष्ट्रबैंकका अन्य संचालकहरुलाई पेलेरै आफ्नो स्वार्थ अनुकुलका बुँदा राखी मौद्रिक नीतिको सम्पूर्ण तयारी पनि पूरा भइसकेको थियो । उनले आफू अनुकुलको तयारी भइसकेपछि असार २६ गतेको मिति नै तोकेर सोही अनुसार तयारी गर्न कर्मचारीलाई निर्देशन दिइसकेका थिए ।

सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुेपर्ने गर्भनर चिरञ्जिवी नेपाल नै सरकार विरोधीको रुपमा प्रस्तुत हुँदै आएका छन । पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको आर्थिक सल्लाहकार रहेका नेपाललाई  पूर्व गर्भनर डा यूवराज खतिवडाको राष्ट्रबैंकमा समयावधी सकिएसँगै नेपाललाई  राष्ट्रबैंकमा ल्याइएको थियो ।

काग्रेसी कोटाबाट नेपाल राष्ट्रबैंकमा पुगेका उनै गर्भनर नेपालका कारण सरकारलाई असहयोग मात्र गर्दै आएका छैनन प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका सपनाहरुलाई  ‘हावादारी गफ’ भन्दै उडाउदै आएकाछन ।

राष्ट्र बैंक स्रोतका अनुसार र्याडिसन होटलमा अाज दुर्इ बजे मौद्रिक नीति सार्वजनिक गर्ने टुंगो लागेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खुला नगर्ने भएको छ । चालु बर्षको मौद्रिक नीतिमा ‘बैंक तथा वित्तीय संस्था खोल्न इजाजत प्रदान गर्ने विद्यमान नीति सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार सो नीतिमा पुनरावलोकन गरिने छ’ भन्ने वाक्यांश छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice