अमरेशकुमार सिंहले पोखे विविसी नेपाली सेवा प्रति आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले विविसीलाई दिएको आफ्नो अन्तर्वाता सम्पादन गरेकोप्रति आक्रोश पोखेका छन् । विविसीसँगको कुराकानीमा उनले नेपालमा संघियता आवश्यक नभएको र संघियता नेपालको संरचनाले थेग्न नसक्ने बताएका थिए । Amaresh Kumar Shing

उनको उक्त अभिव्यक्तिको कटु आलोचना हुन थालेपछि सिंहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै विविसीले आफ्नो भनाई सम्पादन नगरीकन सार्वजनिक गर्न माग गरेका हुन् । विविसीले मेरो पुरै भनाई सम्पादन नगरीकन सार्वजनिक गनुपर्नेमा सम्पादन भएकोप्रति उनले दुखेसो पोखेका छन् । आफू संघियता विरोधि नभएको र तराईमा दुई प्रदेश हुनुपर्ने पनि सिंहले स्पष्ट पारेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice