मैले भूकम्प पीडितको राहत संकलनमा भ्रष्टाचार गरेको छैन

काठमाडौं । अमेरिकामा भूकम्प पीडितका लागि संकलन गरेको रकम हिनामिना र दुरुपयोग गरेको आरोप लगेका नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले स्पष्टीकरण दिएका छन् । उनले भूकम्प पीडितका नाममा आफुले कुनै पनि आर्थिक दुरुपयोग नगरेको दावी गर्दै छानविनका लागि समिति निर्माण गरेको बताएका छन् । ‘समितिले एक छानबीन समिति नै गठन गरी आवश्यक अनुसन्धान गरिरहेकोले मैले समितिको सभापतिका नाताले अहिले नै केही बोल्न उचित हुन्न भन्ने मेरो बुझाई छ’ उनले बिज्ञप्ती मार्फत भनेका छन् ‘ नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय समितिलाई कुनै जानकारी नदिई कोषाध्यक्ष र महासचिवको मिलेमतोमा रकम निकासा गरेको जानकारीमा आउनसाथ छानबीन समिति गठन गरी रकमका बारे बुझ्ने र आवश्यक कारवाहीका लागि प्रक्रिया बढाउने काम भै रहेको छ ।
उनले तथ्य नै नबुझि समाचार प्रकासित गरेको भन्दै सञ्चारमाध्यम प्रति आपत्ती पनि जनाएका छन् ।  ‘तथ्य नै नबुझी प्रकाशित गरेको समाचारमा मेरो नाम र तस्वीर जोडिएकोप्रति म दुखी छु ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice