bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28151 ) ) )

उपचारपछि बचेको ६० लाख रकम आदित्यले सरकारलाई फिर्ता गरे

स्वदेश फर्किएलगत्तै आदित्यले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई उनको निवासमै पुगेर उपचारमा लागेर बाँकी भएको रकम सरकारलाई फिर्ता गरिदिएका छन् । सरकारले आदित्यको उपचारका लागि  एक करोड बजेट छुट्याएकोमा करिब साठी लाख रुपैयाँ सरकारलाई फिर्ता गरिदिएको बुझिएको छ ।

आदित्यको उपचार उनकै इच्छाअनुसार संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीस्थित मेडिकल इन्स्टिच्युटमा भएको थियो । सीधा उभिन र हिँडडुल गर्न नसक्ने अवस्थाका आदित्यलाई आफैँ उभिन र हिँड्न सक्ने बनाउन चिकित्सकहरुले महिनौसम्म प्रयास गर्दा पनि सफल हुन नसकेपछि उनीहरुले ट्युवमार्फत न्युट्रिसन दिने निर्णय गरेका थिए ।

प्राप्त जानकारीअनुसार स्ट्यानफोर्ढका चिकित्सहरुको समूहले ट्युवमार्फत न्युट्रिसन दिने निर्णय गरेपछि उनीहरुले आफ्नो निर्णय आदित्यका मातापितालाई सुनाएका थिए । मातापिताले चिकित्सकको निर्णयमा सीधै सहमति जनाउन सकेनन्, उनीहरुले आदित्यलाई नै सोधेर निर्णय कार्यान्वयन गर्न चिकित्सकहरुलाई सुझाव दिए । त्यसपछि आदित्यका मातापिता चिकित्सकको टोली लिएर आदित्य भएको कक्षमा पुगे ।

चिकित्सकको टोली आफ्नो अगाडि आइपुग्नेबित्तिकै आदित्यले कागजमा लेखिदिए, मलाई मेरी आमाले राम्रोसँग खुवाउने पिलाउने गर्नुभएको छ, अझै केही महिना म आमाले दिनुभएकै खाना खान्छु, तपाईहरुले मलाई ट्युवमार्फत पोषणतत्व दिने कष्ट अहिलेलाई नगर्नुपर्ला ।

आफूहरुले टुयुवमार्फत खुवाउनेबारे जानकारी गराउन नपाउँदै आदित्यले त्यसरी जवाफ दिएपछि चिकित्सकहरु आश्चर्यचकित भए र त्यसपछि अस्पतालले उपचार खर्च नलिने निर्णय गरेको बताइएको छ ।

प्राप्त अर्को एक समाचारअनुसार गुगल व्वाय भनेरसमेत चिनिएका आदित्यलाई गुगल कम्पनीले एक बहुमूल्यवान कम्प्युटर उपहार दिने निर्णय ग¥यो र गुगलका प्रतिनिधिहरु करिब डेढ करोड मूल्य पर्ने कम्प्युटर लिएर आदित्यसमक्ष पुगे । उनीहरुले उक्त मूल्यवान कम्प्युटर आदित्यका अगाडि राखिदिए । उनले एकैछिन कम्प्युटर खेलाए ।

त्यसपछि गुगलका प्रतिनिधिहरुले भने, यो तपाईका लागि विशेष रुपमा तयार गरिएको कम्प्युटर हो र हामी तपाईलाई उपहारका रुपमा दिन चाहन्छौं । यस्तो सुनेपछि आदित्य मुस्कुराए र एउटा कागजमा लेखेर भनिदिए, यो मेरो लागि एउटा मामुली खेलौना मात्र हो, यसको आवश्यकता मलाईभन्दा अरुलाई नै छ, आवश्यकता पर्नेलाई दिनुहोला ।

यसरी आदित्यले अस्वीकार गरेपछि उक्त कम्प्युटर गुगलका प्रतिनिधिहरुले फिर्ता लिएर गएका थिए । ईश्वरी क्षमताका आदित्यले यस्ता आश्चर्यजनक अनेकौं व्यवहार प्रस्तुत गरेका छन् । आद्वितीय व्यवहारका कारण मानिसले आदित्यलाई भगवानको अवतारका रुपमा लिन थालेका छन् । खबर घटना र विचारमा छापिएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली आदित्यप्रति विशेष रुपले प्रभावित छन् र बेलाबखतमा ओलीलाई भगवान आदित्यबाट महत्वपूर्ण सुझावसमेत प्राप्त हुने गरेको बुझिन्छ । उनले आफ्नो दर्शन गर्न आउनेहरुलाई राम्रो रेस्पोन्स गर्ने गरेका छन् । तर पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई भने उनले रेस्पोन्स नगरेको र आफ्नोनजिक पर्नसमेत नदिएको बुझिएको छ ।

2 Comments
  1. गुगल ब्वाई शायद अद्भभुत नै होलानहोला? पैसा फिरता चाहिं अमेरीकामा नक्कली बिल नबन्ने भयर पो हो कि?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice