उपप्रधानमन्त्री कमल थापाको निर्णय: आजदेखि मन्त्रालय नजाने

माओवादीकाआठ मन्त्रीहरुले  राजीनामा बुझाएसँगै देशकै प्रमुख प्रशाशनिक निकाय सिंहदरवारमा आज सम्पूर्ण प्रशाशनिक काम ठप्प भएको छ । भावी रणनीति तय गर्नका लागि एमालेका मन्त्रीहरु प्रधानमन्त्री निवास वालुवाटारमै छलफलमा जुटिरहँदा राप्रपा नेपालका अध्यक्ष तथा वर्तमान गठबन्धनका उपप्रधानमन्त्री कमल थापाले भने आजै देखि आफू मन्त्रालय नजाने निर्णय गरेका छन ।
काम गर्ने वातावरण नभएको भन्दै उपप्रधानमन्त्री थापाले मन्त्रालय नजाने निर्णय गरेका हुन ।

 सोही अनुरुप उनले आज दिँउसो दुईवटै मन्त्रालयका पदाधिकारीबाट विदाई भेट समेत लिइसकेका उनका सहयोगी राजाराम फुँयालले एसकाठमाडौंलाई बताए ।
उपप्रधानमन्त्री थापाले परराष्ट्र सहित स्थानिय विकास मन्त्रालय सम्हाल्दै आएका थिए । नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा राप्रपा नेपाल प्रतिपक्षमा बस्छ अथवा प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन्छ त्यो विषय भने अझै स्पस्ट भइनसकेको फुँयालले जनाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice