माओवादी केन्द्रले गम्भिर गल्ति ग¥योः सञ्चारमन्त्री राई

काठमाडौँ  । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिनु राष्ट्र र दलका लागि नै ठूलो घाटा रहेको बताएका छन् ।  । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले संविधान प्राप्तिसँगै मुलुक आर्थिक विकास र समृद्धितिर लम्किरहेकाले प्रधानमन्त्री पदको लोभ गर्दै माओवादी सरकारबाट बाहिरिन हुँदैनथ्यो उनले भने । संविधान कार्यान्वयनको कार्ययोजना ल्याई राष्ट्रिय स्वाधीनताको रक्षामा कटिबद्ध वर्तमान सरकारलाई विस्थापन गर्न खोज्नु मुलुक र जनताको हितमा नभएको बताउँदै माओवादीले चालेको यस कदम आत्मघाती रहेको पनि उनले जिकिर गरेका छन् ।
उक्त अवसरमा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अब देश विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका थिए। नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ठूलो दल भएको हिसाबले अब सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्नेमा जोड दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice