‘म्याच फिक्सिङ गरेर माओवादीले आत्मघाति गोल हान्यो’

काठमाडौ । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले सत्ता गठबन्धनबाट बाहिरिने नेकपा माओवादी केन्द्रको निर्णयलाई ‘राजनीतिक म्याच फिक्सिङ’को संज्ञा दिएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएलगतै सामाजिक सञ्चालमा स्ट्याट्स लेख्दै नेता पोखरेल म्याच फिक्सिङको संज्ञा दिएका हुन् ।
‘राष्ट्रवादी गठबन्धन विरुध्द म्याच फ़िक्सिंग गरेर माओवादी केन्द्रले आत्मघाती गोल नि हानेछ’ पोखरेलले लेखेका छन् ‘ उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् ।’ उनले माओवादीले म्याच फिक्सिङ गरेर आत्मघाति गोल गरेको उनको ठम्याई छ ।
माओवादीले समर्थन फिर्ता लिँदा राष्ट्रिय स्वाभिमानी डकमगाउन सक्ने भन्दै यसमा चनाखो हुन पोखरेलले एमाले कार्यकर्ता र नेपाली जनतालाई आग्रह पनि गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice