न माओवादी हुँ न त एमाले, डेमोक्रयाट हुँः प्रधानन्यायाधीश

काठमाडौ. । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले आफु कम्युनिष्ट नभएर डमोक्रयाटिक भएको बताएका छिन् । बिबिसीलाई अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश कार्कीले आफु कुनै बादी नभएको र भ्रष्टाचारीलाई पानी पिलाएर देखाउने दावी गरिन् ।

उनको नियुक्तिमा माओवादीको हात रहेको प्रश्न गरेपछि उनले भनिन् ‘ह्या म के को माओवादी ? म कुनै बादी होइन, म त डमोक्रायाटिक पो हुँ । म कम्यूनिष्ट होइन, प्रजातन्त्रबादी हुँ, न माओवादी हुँ न त एमाले हुँ । माओवादी सिफारिसमा प्रधानन्यायाधीश भएको हल्लाप्रति उनले उनले भनिन ‘कहाँको माओवादीले मलाई सिफारिस गर्नु ? म त माओवादी नेता पनि चिन्दिँन अहिले चिन्न थालेकी छु,’ उनले थपिन, ‘काँग्रेसले त यहाँ डाकागर्दी भयो भन्दैछन् ।’ उनले आफ्नो सिफारिसमा एउटा पनि माओवादी नेतासँग टेलिफोन संवाद नभएको बताइन ।

प्रधानन्यायाधीश शर्माले सर्वाेच्च अदालतमा सिफारिस भएका न्यायाधीशहरुको डटेर बचाउ गरेकी छिन् । सवैभन्दा बढि आलोचित भएकी सपना मल्ल प्रधानको उनले प्रशंसा गर्दै बचाउ गरेकी छिन् । ‘मेरोपछि एउटा सक्षम महिलाको खोजी गरियो, उनी हुन् सपना मल्ल प्रधान ।’ कार्कीले भनिन् ‘न्यायालयमा १०० प्रतिसत सक्षम महिला हुन उनी ।’  उनले आफुभन्दा पहिले आएका महिला न्यायाधीशहरुले फैसला गर्ने र लेख्ने मात्र काम गरेको बताइन ।
उनले अन्य न्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्की र प्रकाश रावतको पनि बचाउ गरेकी छिन् । ‘हरिकृष्ण र प्रकाश रावत दुवै सक्षम ब्यक्ति हुन्, उनीहरुले प्रयाक्टिस गरेर आएका छन्’ कार्कीले भनिन् ‘प्रकाश रावत शेरबहादुरको मान्छे भनेर हुन्छ ?’
कार्की प्रधानन्यायाधीशमा सिफारिस भएपछि अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग नाता लाग्ने चर्चा चलेको थियो । त्यस सम्बन्धी संसदीय सुनुवाई समितिमा पनि उजुरी परेको थियो । ‘म प्रधानन्यायाधीश भएपछि आज पहिलो पटक लोकमान सिंह कार्कीसँग भेट भयो’ उनले भनिन् ‘मैले दाजु बहिनीको आरोप पोे लाग्यो भन्दा लोकमान गिच्च हाँसे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice