bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27976 ) ) )

प्रधानन्यायाशीध कार्की र प्रमुख आयुक्त यादवले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । गत तीन महिना यता कार्यवाह प्रधानन्यायधिसको भुमिका निर्वाह गर्दै आइरहेकी सुशिला कार्कीले आजदेखि औपचारिकरुपमा उक्त पद सम्हाल्दै छिन् ।  राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । उनि न्यायलयको इतिहासमा पहिलो महिला प्रधानन्यायधिश बन्न सफल पनि भएकी छिन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ ग्रहण गरेकी हुन् । कार्कीलाई उक्त पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिको बैठकले सर्वसम्मतरुपमा  आइतबार अनुमोदन गरेको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतले उपस्थिति जनाएका थिए ।

प्रमुख आयुक्त यादवको शपथ

आफूले शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराइन् । डा. यादवलाई गत शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले नियुक्तिको सिफारिस अनुमोदन गरेको थियो ।

त्यसैगरी, नेपालको संबैधानिक इतिहासमा सुशिला कार्कीसँगै तीन जना महिला विशिष्ट पदमा पुग्न सफल भएका छन् । यसअघि राष्ट्रपतिमा विद्या भण्डारी र व्यवस्थापिका संसदको सभामुख पदमा ओनसरी घर्तीमगरले नेतृत्व सम्हालिरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice