bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27959 ) ) )

प्रचण्डको प्रस्तावले वूढानिलकण्ठमा हलचल,सिटौला ओली मनाउने,देउवा सरकार गिराउने

अहिलेको समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सबैभन्दा ठूलो त्रास के हो ?सरकारवाट बाहिरिए पछि कांग्रेसले धोका दियो भने आफनो पार्टी घर न घाटको हुने स्थिती आउने पो हो कि भन्ने त्रासले प्रचण्डलाई गाँजेको रहेछ । त्यसकै फलस्वरुप उनले वूढानिलकण्ठमा अनौठो प्रस्ताव पठाएका रहेछन ।

एकपटक प्रचण्डबाट धोखा पाइसकेको काग्रेस प्रचण्ड प्रति सकरात्मक छैन । यही अवस्थामा प्रचण्डको प्रस्ताव वूढानिलकण्ठमा पुगेको वूढानिलकण्ठ स्रोतको दावी छ ।

‘ पहिला जे हुनु भयो, त्यो गल्ति नै भयो, अब म सहमतीय सरकारको नेतृत्व गर्न तयार छु, त्यसका लागि कांग्रेसले लिखित रुपमा नै मलाई प्रधानमन्त्री बनाउने पत्र दिनु पर्नेछ तर त्यसलाई म सार्वजनिक गर्दिन । ’प्रचण्डले वूढानिलकण्ठमा पठाइएको प्रस्तावमा उल्लेख गरिएको स्रोतको भनाई छ । प्रचण्डले आफूलाई काग्रेसले आफूलाई विश्वस्त पारेमा यो सरकार छाड्ने बताएकाछन ।

प्रचण्ड काग्रेसबाट लिखित समर्थन माग्नुको पछाडि प्रचण्डले कारण खुलाएका छन ‘आफुलाई प्रधानमन्त्रीमा कांग्रेसले समर्थन गर्छ भन्ने ग्यारेन्टी देखिएन, त्यसैले लिखित मागेको हुँ, नत्र माग्ने थिइन् ।’तर माओवादीसँग सत्तासाझेदार बन्न काग्रेसकै नेताहरु तयार छैनन ।

त्यो पक्षमा कृष्ण सिटौला र पूर्ण बहादुर खड्काहरु लागिरहेको काग्रेस सुत्रको दावी छ । ‘हिजो कांग्रेस र एमाले एक ठाउँमा हुदाँ संविधान निमार्ण भयो, अब संविधान कार्यान्वयन गर्ने बेलामा पनि एक ठाउँमा हुनु पर्ने देखियो, त्यसैले अहिले ओली सरकारमा जाऊँ, त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाऊँ ।’ त्यसका लागि ओली तयार हुन पनि सक्ने भन्दै कांग्रेसको ध्यान एमालेसँगको सहकार्यका जोड गर्नुपर्ने तर्क सिटौलाको छ । यो तर्कमा साथ दिनेमा अर्का नेता पुर्णबहादुर खडकालगायतको छ, जो माओवादीसँगको सहकार्यको पक्षमा छैनन् ।

तर, देउवाले यो प्रस्तावमा शंका गरेका छन । सिटौलालाई भनेका रहेछन– ओलीले सहजै नेतृत्व हस्तान्तरण गर्छन भन्ने के ग्यारेन्टी छ ?’ जवाफमा सिटौलाले भनेका छन ‘तपाई तयार हो भने, ओलीजीसँग यस बारेमा कुरा चलाउन सकिन्छ ।’

देउवाले  भने बिचार गरौला भन्ने जवाफ मात्र फर्काए ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice