माओवादी हेडक्वाटर बैठकमा टोपबहादुर र बर्षमान टकराए, वार्ताको जिम्मा प्रचण्डलाई

काठमाडौं । सके सहमति नसके बहुमतिय सरकार गठनको दौडधुपमा लागेको नेकपा माओवादी केन्द्रभित्र सरकार ढाल्ने वा राख्ने बिषयमा नेताहरुबीच  भनाभन भएको छ । सरकारको बारेमा निर्णय लिन पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वाटर बैठकमा नेताहरुबीच भनाभन भएको हो । सरकारमा मन्त्री भएका नेताहरुले यही सरकारलाई निरन्तरता दिनु पर्ने र नौँ बुँदे कार्यान्वयनतिर लाग्नु पर्ने धारणा राखेपछि कृष्णबहादुर महरा, बर्षमान पुन र जनार्दन शर्माले आपत्ती जनाएका थिए । सरकारको नेतृत्व गरिरहेका टोपबहादुर रायमाझी बर्षमान पुनबीच बैठकमै भनाभन भएको स्रोतले बताएको छ ।
सरकार ढाल्न नहुने पक्षमा गृह मन्त्री शक्ति बस्नेत, उर्जा मन्त्री टोपबहादुर रायमाझी, वन मन्त्री अग्नी सापकोटा लगायतका मन्त्री छन् भने सरकार ढाल्ने पक्षमा महरा, पुन र शर्मा छन् । हेडक्वाटरको बैठकमा सरकार ढाल्ने पक्ष अल्पमतमा परेपछि सवै पार्टीसँग राष्ट्रिय सहमतिको सरकार गठन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
प्रचण्डले आजै प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका अन्य नेताहरुसँग छलफल गर्ने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice