bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27912 ) ) )

४० मिनेटमा दर्ता भयो नयाँ शक्ति ,एक तारामा दावी !

काठमाडौं । गत जेष्ठ ३० गते पार्टी घोषणा सभा गरेको नयाँ शक्ति नेपालले आफ्नो दल दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दर्ता गराएको छ । भृकुटीमण्डपमा नेता तथा कार्यकता एकीकृत भएर निर्वाचन आयोगको कार्यालय पुगेर नयाँ शक्ति पार्टीका नाममा दल दर्ताका लागि निवेदन दिएको हो । दल दर्ता १२ बजेर ३५ मिनेट जाँदा सुरु भएर १ बजेर १५ मिनेट जाँदा सम्पन्न भएको थियो । निर्वाचन आयोगमा ४० मिनेट समय लगाएर उस्ले दल दर्ता गराएको छ ।

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले दल दर्ता गर्नका लागि संयोजक भट्टराईसगैं नेतृ हिसिला यमी, खिमलाल देवकोटा, रामचन्द्र झा,करिष्मा मानन्धर, निर्मल भट्टराईलगायतका नेता तथा कार्यकर्ता निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दल दर्ताका लागि कार्यालयमा निवेदन बुझाएर बाहिरिने क्रममा संयोजक भट्टराईले ‘अगामी हुने संसदिय, प्रादेशिक र स्थानिय तीन वटै निर्वाचनमा पहिलो दल बन्ने गरी काम गर्ने ’प्रतिक्रिया दिएका छन । उनले भने—पार्टीका पाँच ‘स’का अवधारणा जुन हामीले अघि सारेका छौं, त्यसको प्रमुख अवधारणा भनेकै समृद्ध नेपाल निर्माण गर्ने हो । हामीले नारामा नै भनेका छौं, ‘अबको निकास, आर्थिक विकास’, ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ । यो नै हाम्रो मुख्य ध्येय हुन्छ ।

संयोजक भट्टराईले पार्टीले लोकतान्त्रिक अभ्यास गरेकाले लोकतान्त्रिक तवरले काम गर्ने पनि सञ्चारकर्मीहरुलाई  बताए । त्यसैगरी, विभिन्न पार्टीका भेलामा सहभागी भएका नेता तथा कार्यकर्ताको नामावलीसहित, पार्टीको विधान, झण्डा, लोगोसहित असार २५ गतेसम्मको आयव्याय विवरण पनि निर्वाचन आयोग आयोगमा बुझाइएको नयाँ शक्तिका  प्रवक्ता खिमलाल देबकोटाले जानकारी दिए । नयाँ शक्तिले ९६ जना केन्द्रिय सदस्यको नामावली पनि निर्वाचन आयोगमा दर्ता गराएको छ । उसले एक तारा अंकित झण्डा आफ्नो चुनाव चिन्ह हुनुपर्ने दावी गरेको छ । त्यसैगरी, पार्टीले बुझाएको विधान, नियमावली, घोषणा पत्र सबै प्रमाणित भए यसै आर्थिक वर्षभित्र दल दर्ता हुने कार्यबाहक प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिएका छन् ।

वढ्दै दल खारेजी

निर्वाचन आयोगका अनुसार हाल आयोगमा दर्ता भएका दलको संख्या १ सय ८० पुगेको छ । तर नविकरण,महाअधिवेशन सम्पन्न नगरेका कारण देखाउदै आयोगले दल खारेज गरिरहेको छ । सोही कारण हाल कतिवटा दल छन भन्ने कुरा खुलाउन सकिएको छैन । स्मरणीय छ,यस्तै खारेजीमा पर्ने दलमध्य हाल खानेपानी मन्त्री रहेका प्रेम बहादुर सिंहको दल समेत यही सूचीमा छ । यद्यपि केही साता अगाडि मात्रै उस्ले महाअधिवेशन गराएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice