अन्तः रजनी हिरासत पुगिन

काठमाडौ. । पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठ अन्तः हिरासतमा पुगेकी छिन् । सांस्कृतिक अध्ययन आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको अभियोगमा प्रहरीले उनलाई शनिवार हिरासतमा दिएको हो  । हिरासतमा लिनुअघि पनि रजनी प्रहरी बेलमा थिइन । उनी माथी अनुसन्धान गर्न प्रहरीले प्रत्येक साता हाजिर जमानी गराउने गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नौ जना बालबालिका अमेरिका पुर्‍याएर उतै छाडेको अभियोगमा मानव ओसारपसार  तथा बेचबिखन ऐनअन्तर्गत थप कारवाहीका बढाउने तयारी गरेको छ ।
श्रेष्ठले समर स्कुलका लागि भनेर अमेरिका पुर्याइएका नौ बालबालिका न्युयोर्क विमानस्थलबाटै बेपत्ता भएको सूचना पाएपछि त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थल अध्यागमन सतर्क भएको नागरिक दैनिकले उल्लेख गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice