bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27847 ) ) )

एकै दिनमा पाँच पटक प्रचण्ड ओली टेलिफोन संवाद प्रचण्डको दाउ : सके सरकार फेर्ने नसके आफ्ना मन्त्री फेर्ने

अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नियती भीरमा भुण्डिएको चिचिण्डो जस्तै भएको हो त ? राष्ट्रवादी सरकारका रुपमा स्थापित केपी ओली सरकार ढालौं अलिअलि बचे खुचेको माओवादीको प्रतिष्ठामा समेत आँच आउने डर,यही सरकारमा बसिरहौं आफैंले पठाएका आठ मन्त्रीहरुले गतिलो काम गर्न नसकिरहेको अवस्था । हो यही कारण अहिले प्रचण्ड निराश छन ।

यही निराशाको बाबजुत हिजो शनिवार मात्रै प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच पटक भन्दा वढि टेलिफोन संवाद गरेका छन । वालुवाटार उच्च स्रोतका अनुसार प्रचण्ड सरकार फेर्ने मनस्थिती भन्दा आफ्ना मन्त्रीहरु फेरेर यही सरकारलाई निरन्त्रता दिने पक्षमा देखिएका छन । माओवादी केन्द्रका एक जना स्थायी समिति सदस्यका नेताले समेत यो तथ्यलाई पृष्टी गरेकाछन ।

त्यही सरकारमा उप–प्रधानसहित ८ जना माओवादी मन्त्री सिहंदरवारभित्र छन् । त्यसमा पनि जनताको प्रत्यक्ष दैनिकीसंग जोडिएका गृह,वाणिज्य,कृषि,शिक्षा,सामान्य प्रशासन जस्ता मन्त्रालयहरु माओवादीसंग थिए ।

विगतमा अनेक कारण  यसपटकको बिग्रीएको छवि सुधार्लान भन्ने धेरै नेता कार्यकर्ताको अपेक्षा    माओवादी मन्त्रीले यस्ता हर्कत गरे कि भएको माओवादी इज्जत पनि गुम्ने अवस्थामा पुग्यो ।

माओवादी केन्द्रका एक जना स्थायी समिति सदस्य भन्छन हिजोआज माओवादी केन्द्रको वैठक भएपछि कार्यकर्तामा पार्टी डुबाउने मन्त्री भनेर चर्चा हुने गरेको छ ।  अहिले माओवादीको भागमा उप–प्रधानमन्त्रीसहित उर्जामन्त्रीमा टोपबहादु रायमाझी, गृहमन्त्री शक्ति बस्नेत,वनमन्त्री अग्नी सापकोटा,सिचाइमन्त्री उमेश यादव,कृषिमन्त्री हरिवोल गजुरेल,शिक्षामन्त्री गिरिराजमणि पोखरेल,आपुर्तीमा गणेशमान पुन र सामान्य प्रशासनमा रेखा शर्मा छन् ।

तर कसैले पनि जनताले पत्याउने र वाही वाही गर्ने काम गरेनन् ।  भुकम्पपीडितको कोटामा गैरपीडितलाई  चीन पठाउने देखि गमलामा धान रोप्नेसम्म माओवादी मन्त्रीले गरे ।   भारतले लगाएको नाकावन्दीले सवै भन्दा प्रभावित भएको ढुवानी तथा आपुर्तिको क्षेत्र थियो । यस संग संम्वन्धीत मन्त्रालय एमाओवादीको हातमा थियो । तर काम केही हुन सकेन् ।  उर्जा मन्त्रालय एमाओवादीको हातममा छ । सामान्यतया  उर्जाको समस्यावाट जादुमय ढंगले पार पाउन संभव छैन तर एमाओवादीले यो मन्त्रालय कमीसनको चक्करमा नभई जनताको बृहत्तर हितलाई ध्यानमा राखेर रोजेको हुन्थ्यो भने केही पक्कै हुने थियो ।

 माओवादीका सवै मन्त्रालयको हालत उस्तै छ ।   तर माओवादी मन्त्रीहरुले भने देश र पार्टीको छविभन्दा आफ्नो व्याक्तिगत लोभमा लागेका कारण अपेक्षा पुरा गर्न सकेनन् । त्यसैले पनि माओवादीमा सके सरकार फेर्ने र नसके मन्त्री फेर्ने बहस चुलीदै आएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice