सरकार फेरिँदैमा समस्या सुल्झँदैनः डा. बाबुराम भट्टराई

मोरङ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताएका छन् ।

नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले आज बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्षभित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने जोड दिएका थिए । आदिवासी जनजाति र मधेसी दलको माग पूरा नभई निर्वाचन हुन नसक्ने बताउँदै उहाँले संविधान संशोधन गरेर भए पनि उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
सरकार फेरिँदैमा समस्या सुल्झँदैन

डा. भट्टराईले सरकार फेरबदल हुँदैमा मुलुकका यावत् समस्या सुल्झन नसक्ने विचार व्यक्त गरेका छन् । नयाँ शक्तिले आज बिहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले छिनछिनमा सरकार फेरिने राजनीतिक संस्कार नहटाएसम्म मुलुकमा राजनीति सङ्क्रमण कायम नै रहने बताए । उनले भने, “अहिले सरकार फेरबदलमा केही दल लागे पनि यसले मुलुकमा देखिएको समस्या हट्न सक्दैन ।”

उनले हालको व्यवस्थालाई संविधान संशोधनमार्फत नै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको औल्याउँदै संविधानमा नसमेटिएका विभिन्न विषयको समाधान खोज्न दलहरु एक भई अगाडि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice