तीनवटै निर्वाचन एकसाथ गरौं :- डा.भट्टराई

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मधेशी मोर्चाले भनेजस्तो संविधान पुर्नलेखन हुन नसक्ने बताएका छन् । संविधानसभाबाट नयाँ संविधान जारी भइसकेकाले पुनर्लेखन गर्न नमिल्ने तर केहि असमत रहेका बुँदामा भने संशोधन गर्न सकिने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले मधेशको समस्या तत्काल हल गरेर डेढ वर्षभित्रमा स्थानिय, प्रदेश र संसदिय निर्वाचन एकैसाथ गर्न सकिने पनि बताए । तीनवटै निर्वाचन एकसाथ गर्ने हो भने राज्यलाई आर्थिक व्ययभार पनि कम हुने उनको भनाई छ ।

संयोजक भट्टराई आज हुने एक नं. प्रदेशस्तरिय कार्यक्रममा सरिक हुन सुनसरीको भेडेटार गएका हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice