महामन्त्री शशांकको होस खुल्यो !

विगत २४ घण्टा देखि अचेत अवस्थामा रहेका काग्रेस महामन्त्री शशांक कोइरालाको अहिले होस खुलेको छ।काँग्रेस महामन्त्री डा शशांक कोईरालाको स्वास्थ्यमा हिजो भन्दा आज निकै सूधार भएको जनाइएको छ ।

उनी अहिले पूरै होसमा आइसकेको उनका नीजि सहयोगी दिनेश चन्द्र थपलियाले जानकारी दिएका छन । उनका अनुसार ‘उहाँ अहिले पूरै होसमा आउँनूभएको छ। सामान्य कूराकानी समेत गर्न थाल्नूभएको छ।’ ओम नर्सिङ होममै रहेका थपलियाका अनुसार अहिले चिकित्सक र पारिवारिक सदस्यहरूलाई मात्रै भेटघाट गर्न दिईएको छ।

स्वास्थ्यमा समस्या देखिएपछी राजधानीको ओम अस्पताल उपचाररत काँग्रेस महामन्त्री डा शशांक कोईरालाको स्वास्थ्य अवस्था आज बिहानको भन्दा अझै सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

 मङ्गलबार राति पिज्जा खाए लगत्तै लगातार वान्ता हुने समस्या देखापरेसँगै उपचारका लागि ओम नर्सिङ होममा भर्ना भएका कोइरालालाई हृदयाघातको आशंका गरिए पनि परिक्षणका क्रममा हृदयाघात नभएको चिकित्सकले बताएका छन् । शशांकको उपचारका क्रममा चेष्टट्युब राखिएको छ । छातिमा पिप, पानी, हावा वा रगत भरिएको अवस्थामा त्यसलाई बाहिर निकाल्न चेष्टट्युब राख्ने गरिन्छ । यी पदार्थ थोरै जम्मा भएको अवस्थामा ती पदार्थ सुकाउनका लागि एन्टिबायोटिक्स दिइन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice