कांग्रेस महामन्त्री शशांकलाई राखियो चेष्टट्युवमा,एयर एम्बुलेन्स तयारी अवस्थामा

काग्रेस महामन्त्री शशांक कोइरालाको  स्वास्थ अवस्था गभ्भीर रहेको छ । मङ्गलबार राति पिज्जा खाए लगत्तै लगातार वान्ता हुने समस्या देखापरेसँगै उपचारका लागि ओम नर्सिङ होममा भर्ना भएका कोइरालालाई हृदयाघातको आशंका गरिए पनि परिक्षणका क्रममा हृदयाघात नभएको चिकित्सकले बताएका छन् । उनलाई फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए । उनको फोक्सोको देब्रे भागमा निमोनियाको अत्याधिक संक्रमण रहेको छ ।
चिकित्सकका अनुसारको अहिले उनको मुटुको चाल ९०/६० रहेको छ । बिहान साढे ५ बजे उनको रक्तचाप ६०/४० थियो । पिसाब बन्ने क्रम प्रतिघण्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाई अहिले तीन थरी औषधि दिइएको छ भने शरिरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको छ । उनको मुटु एक मिनेटमा एक सय ३० पटक धड्किरहेको छ । ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने जानकारी दिए ।

sasanka

चेष्टट्युवमा राखेर उपचार

काँग्रेस महामन्त्री डा शशांक कोइरालाको उपचारका क्रममा चेष्टट्युब राखिएको छ । छातिमा पिप, पानी, हावा वा रगत भरिएको अवस्थामा त्यसलाई बाहिर निकाल्न चेष्टट्युब राख्ने गरिन्छ । यी पदार्थ थोरै जम्मा भएको अवस्थामा ती पदार्थ सुकाउनका लागि एन्टिबायोटिक्स दिइन्छ । धेरै जम्मा भएकाले चेष्ट्युब राखिएको हो । यसले फोक्सोमा जम्मा भएको पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । छातिमा यसरी जम्मा हुँदा एक सासमा फोक्सोले लिनुपर्ने हावा लिन सक्दैन । उनको अवस्थामा स्थिर रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले बताएका छन् ।

एयर एम्बुलेन्स तयारी

चावहिलको ओम अस्पतालमा डा. कोइरालाको उपचारमा संलग्न चिकित्सकको टोलीले एपोलो अस्पतालमा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको बताएको छ । तर टोलीले नै तत्काल कोइरालालाई लैजाने अवस्था नरहेको पर्ख र हेरको अवस्थामा एयर एम्बुलेन्स स्टयाण्डबाइ राखिएको जनाइएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकको टोलीले तत्काल अन्त कतै लगेर उपचार सम्भव नभएको भन्दै ओम अस्पतालमै राखेर उपचार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।एयर एम्बुलेन्स एयरपोर्टसमम्म आइपुगे पनि त्यहाँसम्म डा कोइरालालाई लैजान जोखिम भएको चिकित्सकले बताएका छन् । उपचारमा उनकै श्रीमती डा सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा सुपात्राले निरन्तर डा सशांकको निगरानी गरिरहेकी हुन्  डा सुपात्राले भने यहाँ एकसे एक चिकित्सक भएकाले डा कोइरालालाई विदेश लैजान नपर्ने प्रतिक्रिया दिएकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice