लोकमानसँगको सेटिङ,गच्छदार माथि ‘चिटिङ’

काठमाडौं। सेटिङ कस्तोसम्म मिलाइएको छ भने जस्तो सचिव छन उस्तै महानिर्दशक (सह सचिव ) । भौतिक योजना मन्त्रालय तिर यस्तो सेटिङ मिलाइएको हो । र यो सेटिङ मिलाउने  चतुर खेलाडी अरु कोही नभएर उनै शहरी विकास मन्त्रालयमा रहँदा त्रिपाल काण्डमा मुछिएका भौतिक योजनाका सचिव अर्जुन कार्की हुन । अहिले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र उनै कार्कीको मिलेमतोमा मच्चाइएको लुटको फहेरिस्थ हो यो ।

६४ उच्च पदस्थ कर्मचारीलाई अकुत सम्पत्ती आर्जनको आरोपमा अख्तियारद्धारा छानविनका घेरामाराख्यो । तिनै मध्यका एक हुन   महानिर्देशक श्रेष्ठ अहिले उनै श्रेष्ठ र सचिव कार्कीको मिलेमतोमा यतातिर अहिले अर्काे ‘लुट’ मच्चाउन लागिएको छ ।

सवारी चोरी बढेपछि हुने विभिन्न गैरकानुनी धन्दालाई कम गर्न नेपाल सरकारले ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ सुरु गर्दैछ । यो प्रणाली सुरु भएपछि सवारी चोरीमा कमी आउने र चोरीएका सवारीको अबैध धन्दा रोकिने विश्वास सरकारले विश्वाश लिएको छ । तर अहिले त्यहि प्रक्रियामा जानका लागि सुरु गरिएको टेण्डर प्रक्रिया देखि नै करोडौंको चलखेल गर्न माफियाहरु सक्रिय भएका छन ।

स्मरणीय छ,यस अगाडिका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको चाहनाअनुसार एक चाइनीज कम्पनीलाई डिजिटल नम्बर प्लेट(इम्बोस) को ठेक्का दिने गरी टेण्डर डकुमेन्ट तयार नगरेपछि सरुवा गरिएका त्यस अगाडिका महानिर्देशको स्थानमा चन्द्रमान श्रेष्ठलाई ल्याइएको थियो ।

पूर्व मन्त्री निधिले एउटा कम्पनीबाट करोडौ रुपैयाँं कमिसनका लागि इम्बोस नम्बरको ठेक्का दिने सर्तमा श्रेष्ठलाई विभागको महानिर्देशक बनाइएको चर्चा समेत त्यो समयमा कर्मचारीहरु बीच चल्ने गरेको थियो । स्मरणीय छ,यही कुरा नमान्दा यातायात ब्यवस्था विभागका महानिर्देशक तत्कालीन महानिर्देशक काशीराज दाहाललाई त्यहाँबाट फालिएको थियो ।

स्रोतका अनुसार,यो प्रक्रियामा अहिले चारवटा कम्पनीले भाग लिएका छन । फ्रान्सेली कम्पनी एसइएलपी एसएएसले अमेरिकी डलर चार करोड पाँच लाखको दररेट प्रस्तुत गरेको छ भने बंगलादेशी कम्पनी कम्प्युटर सर्भिस लिमिटेडले अमेरिकी डलर चार करोड बीस लाखमा टेण्डर हालेको छ । त्यसैगरी बंगलादेशी कम्पनी डेकाटोर(टाइगर आइटीले अमेरिकी डलर तीन करोड ८७ लाखमा टेन्डर हालेको छ भने पिङ्गाओ(जेकेजी कन्सोटियमले अमेरिकी डलर दुई करोड ९६ लाख ८१ हजारमा टेण्डर हालेको छ ।

तर करोडौं कुम्ल्याउने दाउमा सचिव र महानिर्देशक लागेका छन । यस्कै उपज हो सबैभन्दा कम बोल कवोल गर्ने कम्पनी बंगलादेशी कम्पनी पिङ्गाओ(जेकेजीलाई यो प्रक्रियाबाट बाहिराएर सिद्धार्थ पाण्डेसँगको मिलेमतोमा वंगलादेशकै अर्काे कम्पनीलाई ठेक्का पार्ने चलखेलमा सक्रिय भएका छन । यो प्रक्रियामा उनै कार्की, महानिर्देशक श्रेष्ठ, एक लाख ८० हजार घुस लिंदालिंदै रंगेहात अख्तियारबाट पक्राउ परेका निलम्बित प्राविधिक निर्देशक नवीनकुमार पोखरेलहरु लागिपरेका छन ।

सधैंभरी मालदार अड्डा

काठमाडौंमा जग्गाको मूल्य दिन दुईगुणा रात चौगुणाका दरले बृद्धि हुँदा २०६२ देखि ०६४ सम्म चन्द्रमान श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयको प्रमुख थिए । उनले त्यो बेला मालपोतमै मासिक कमाएर अकूत सम्पत्ति आर्जन गर्नेमा गणना गरी तत्कालीन सामान्य प्रशासन मन्त्री पम्फा भूसालले उनलाई दुर्गम जिल्लामा सरुवा गर्ने भने पनि पछि संचार मन्त्रालयमा गरेकी थिइन् । चन्द्रमानले डिल्लीबजारमात्र होइन, कलंकी मालपोतको प्रमुख पनि चलाएर दाम कमाउने हाकिममा कीर्तिमान नै कायम गरेको चर्चा अहिले पनि मालपोतका कर्मचारीहरू चर्चा गर्दछन् ।

संंचारमा हुँदै सहसचिवमा बढुवा भएपछि अर्थ मन्त्रालय अन्तर्गत सरुवा भएका उनी लगत्तै बैदेशिक रोजगार विभागको महानिर्देशक बनाइए । बैदेशिकमा दैनिक लाखौ घुस काण्ड मच्चिदैगर्दा उनको सरुवा भयो सार्वजनिक खरिद अनुगमन कार्यालयमा । सार्वजनिक खरिदमा २ बर्ष नै कार्यरत उनलाई अहिले यातायातमा इम्बोस नम्बरमा चलखेल गर्नकै लागि यसअगाडिका मन्त्री निधिले योजनाबद्ध रुपमा लगेको थिए । यहाँ पनि उनको लुट धन्दा कायमै छ । त्यही कारण त हो,अख्तियारले अकुत सम्पत्ति आर्जन गरेका ६४ उच्च पदस्थ अधिकारी खोज्दा अग्रपत्तिंमा उनको नाम भेटिएको । चन्द्रमान अख्तियारको आँखामा परेपनि अनेक काण्डमा मुछिएका अर्जुन कार्कीलाई भने अख्तियारले छुन सकेको छैन । कारण उही हो,दीपक मलहोत्रासँगको साँठगाठ । उनै मलहोत्राको कम्पनीलाई शहरी विकास मन्त्रालयमा रहँदा अर्जुनले त्रिपाल खरिद गर्ने ठेक्का मिलाइदिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice