• शुक्रबार ०३, कार्तिक २०७४

वन महानिर्देशक वनाउन मन्त्रीको अघोषित टेण्डर !

काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालयको सवै भन्दा आकर्षक र मालदार अड्डाका रुपमा परिचित वन विभागको महानिर्देशक वनाउन आन्तरिक र अघोषित टेण्डर आह्वान गरिएको छ ।
मन्त्रालय अन्तर्गतका भू तथा जलधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, वनस्पती विभाग र वन अनुसन्धान तथा सर्वेक्षण विभाग भन्दा वन विभाग बढि मालदार मानिन्छ ।
त्यसै विभागको महानिर्देशक बनाउन अघोषित टेण्डर आह्वान गरिएको छ ।  क्षेत्रीय वन निर्देशनालय, ७४ जिल्ला वन कार्यालय तथा सेक्टर र ईलाका वन कार्यालयको नेतृत्व विभागले गर्ने गर्दछ । वन विभागको महानिर्देशक बन्न करोडौ रकमको चलखेल हुने गरेको विभागका एक कर्मचारीले बताए ।
वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद साकोटाले यस अघि महानिर्देशक रहेका रेशमवहादुर डाँगीलाई हटाएर उनलाई वातावरण मन्त्रालयमा सरुवा गरेका छन् । तर, डाँगीले आफूलाई नियमविपरित हटाएको भन्दै सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिएका थिए । सामान्य प्रशासन मन्त्री रेखा शर्माले सापकोटाको निर्णय उल्ट्याउँदै डाँगीलाई पदस्थापना गरिदिएकी थिइन । फेरी मन्त्रीको ठाडो निर्देशनमा फेरी मन्त्रालयमा तानिएको छ ।
अवकास पाउन दुई महिना पनि वाँकी नभएका तिमिलालाई महानिर्देशक वनाएकोमा एकथरी कर्मचारी आश्चर्यमा परे । तर आकर्षक जिल्लामा डिएफओ सरुवामा मन्त्रीका एस म्यानको रुपमा उनलाई नियुक्ति गरिएको जनप्रशासनले उल्लेख गरेको छ ।
आगामी साउन ५ गते अवकाश पाउँदै गरेका तिमिलाले आधिकारिक टे«ड युनियनको निर्वाचनमा माओवादी निकट राष्टिय कर्मचारी संगठनलाई जिताउन ठुलै कसरत गरेका थिए । तर उनी सफल हुन सकेनन् ।
तिमिलाको अवकाशसँगै विभागमा महानिर्देशकको खोजीमा मन्त्री सापकोटाको सचिवालय लागेको छ । मन्त्री सापकोटाको सचिवालय महंगो अफरसहित छलफलमा जुटेको छ । कर्मचारी सरुवामा विशेष रुची राख्ने मन्त्री सापकोटाका उप स्वकीय सचिव युवराज दुलाल यो खेलमा मरिहत्ते गरेर लागेका छन् । उपस्वकीय सचिव दुलालको वढ्दो हस्तक्षेप पछि सरकारी पिए यज्ञ दाहालले आफ्नो पीडा माओवादीनिकट कर्मचारीहरुसँग पोख्ने गरेका छन् । दुई पिए दाहाल र दुलालवीचको खटपट अहिले शितयुद्धमा परिणत भएको छ ।
वन विभागको महानिर्देशक कसलाई वनाउने भनेर एकातिर मन्त्री सापकोटाले मन्त्रालयका उच्च पदस्थ र पूर्व अधिकारीसँग छलफल गरेर आफू पानी माथिको ओभानो वन्न खोजिरहेको देखाइएका छन् भने अर्कातर्फ पिए दुलालमार्फत वार्गेनिङ शुरु भएको छ । महानिर्देशकका लागि यस अघिपनि चर्चामा रहेका रामप्रसाद लम्साल अहिले पनि चर्चाको वृत्तमै छन् । हाल वातावरण मन्त्रालयमा सहसचिव रहेका लम्साल दायाँवायाँ गर्न र हात लम्काउन नजान्ने प्रवृत्ति भएका तर काममा सिन्सियर तथा क्षमतावान व्यक्तिको रुपमा परिचित छन् । उनीवाट मन्त्री र पिएको अन्तर्य उदेश्यपूर्ति हुनसक्ने आंकलनले मन्त्रीको रोजाइका आँखा तिमिलामा पुगेर रोकिएका थिए । अहिले पनि लम्सालको नाम चर्चामा रहेपनि उनी कोसेलीको ब्यवस्था नगर्ने प्रवृत्तिका भएका कारण संभावना न्युन रहेको एक कर्मचारीले वताए । पिए दुलालका आँखा हाल पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयका निर्देशक मनवहादुर खड्कामा पुगेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice