प्रचण्डका पाँच असन्तुष्टी सुनेपछि अनि खेल्यौँ सरकार ढाल्ने खेल

रमेश लेखक(कांग्रेस नेता)
गत बैशाखको कुरा हो, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवासँग केपी ओली नेतृत्वको सरकारकाबिरुद्ध पाँच असन्तुष्टी राख्नु भयो । पहिलो, वर्तमान संविधानप्रति केही राजनीतिक दलहरु असन्तुष्ट छन् । उनीहरुको असन्तुष्टीलाई ओली सरकारले समेटन सकेन । दोस्रो, संविधान कार्यान्वयनमा सरकारको गति निकै कमजोर देखियो । संविधानप्रति असन्तुष्ट दलहरुलाई समेट्न नसकेका कारण पनि संविधान कार्यान्वयनमा समस्या आएको छ । यसमा वर्तमान सरकार उदासिन बन्यो । संविधान तीन खम्वामा उभिएको छ । गणतन्त्र, संघियता र लोकतन्त्रमा । यी तीन लक्ष्यमा काम गर्न वर्तमान सरकारले गर्न सकेन ।
तेस्रो उहाँको असन्तुष्टी थियो, भूकम्प पीडितलाई राहत दिने कुरा । भूकम्प पीडित राहतहरु खुल्ला आकासमा बसेपनि उनीहरुलाई राहत दिनेतिर सरकारको ध्यान पुगेन । पुनः निर्माणको काम पनि अघि बढ्न सकेको छैन । गत आर्थिक बर्षमा सरकारले विनियोजित गरेको रकम पनि खर्च गर्न सरकारले सकेन । चौथो विकास र समृद्धिमा जनचाहाना अनुरुप काम गर्न सकेन र र पाँचौ शान्ति प्रक्रियाका बाँकी काम गर्न सकेन ।
प्रचण्डले अरुभन्दा शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न नसकेको भन्दै बढि असन्तुष्टी पोख्नु भएको थियो । हामी नै सरकारमा छौ हामीलाई नै जेल हाल्न लागिएको छ, तर सरकार मौन बसेको छ ।  यसरी लगातार सरकारबिरुद्ध पाँच असन्तुष्टी जनाउँदै विकल्प खोज्न म तयार छु भनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पग्लिनु भयो । सरकार ढाल्ने र प्रचण्डको नेतृत्वमा सरकार बनाउने बिषयमा हामीबीच छलफल भएको थियो । पछि उहाँले नै यो बाटो गलत रहेछ भन्दै पछि फर्किनु भयो । प्रचण्डको यो चाल हामीले अहिले थाहा पाइसकेका छौ ।
अहिले फेरी सरकार परिवर्तनको कुरा उहाँहरुले उठाइ राख्नु भएको छ र राष्टिय सहमतिको सरकारका लागि पार्टीबाट निर्णय पनि गरिसक्नु भएको छ । उहाँहरुले राष्टिय सरकार गठनको निर्णय गर्दा कांग्रेस न त खुसी छ नत दुखी नै । हामी ब्यवस्थापिका संसदमा क्रियासिल प्रतिपक्षमा छौ । प्रतिपक्ष जहिलेपनि सरकारमा जान चाहने कुरा अनौठो र ठुलो होइन । तर हामीसँग सरकार परिवर्तनको संवाद गरिरहेका बेला प्रचण्ड फेरी बालुवाटार छिर्नु भएछ । उहाँलाई विश्वास गरेर सरकारको नेतृत्व दिने गरी अहिले कांग्रेसले कुनै कदम चाल्दैन । सरकार बन्ने अवस्था आयो भने हाम्रै सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्छ ।
फेरी यहाँनेर कांग्रेस विवादमा खेल्न खोज्यो भन्ने आरोप लाग्ला, एमाले र माओवादीको विवादमा हामी खेल्न पटक्कै खोजेका छैनौ । रचनात्मक प्रतिपक्षमा बसेर गुण दोषका आधारमा सरकारको मुल्याडकन समर्थन र विरोध गर्छौ । सरकारले राम्रो काम नगरे, सरकार सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगे नेपाली कांग्रेस सरकार बनाउन तयार छ । प्रतिपक्ष भनेकै ओइटिड प्रतिपक्ष हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice