प्युठानमा पहिरो जाँदा एउटै घरका पाँचसहित आठको मृत्यु

प्युठान । अविरल बर्षापछि गएको पहिरोले घर पुरिँदा प्युठानमा एकपरिवारका पाँचसहित ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मंगलबार विहान पहिरो जाँदा ८ जनाको मृत्यु भएको हो ।
प्यूठान  रजवारा–३ नेटाका दुर्गाबहादुर मल्लको घर पुरिँदा एउटै परिवारका  पाँचजना र पूजा गाविस ३ मा थप तीन जनाको मृत्यु भएको प्रहरी प्रमुख किशोर राठौर जानकारी दिए ।
मृतक सवैको पहिचान हुन सकेको छैन ।
पहिरो राति गएपनि प्रहरीले घटना विहान मात्र थाहा पाएको थियो । थाहा पाए लगतै प्रहरीको टोली घटनास्थलतिर पुगेको छ ।
घटनास्थल सदरमुकामबाट ४ घन्टाको दूरीमा रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice