bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27474 ) ) )

नक्कली सर्टिफिकेट कारोबारी र सर्टिफिकेटधारी धेरै छन

सातौ पटकसम्म रोकिएको नेपाल विद्यार्थी संघ (नेविसंघ)को निर्वाचन अझै पनि हुने÷नहुने टुंगो छैन । वूढानिलकण्ठस्थित काग्रेस सभापति देउवा निवासमा अझै पनि चुनाव रोकेर टिके अध्यक्ष बनाइनु पर्छ भन्ने दौडमा केही नेताहरु लागिरहेका छन । यसै सेरोफेरोमा शेर बहादुर देउवा निकट रहि लामो समय देखि काम गरेका र अहिलेको महाअधिवेशनमा अध्यक्षका आकाक्षी देखिएका जीतजंग बस्नेतसँग हामीले नेविसंघमा  टिके अध्यक्ष नै बनाइन लागेको हो त भनि सोधेका छौं ?

 नेविसंघको  महाअधिवेशनमा अध्यक्षको रुपमा मैदानमा उत्रनुभएको छ,तपाईको उम्मेद्धारी के का लागि ?

८ पटक अधिवेशन रोकियो । कहिले साथीहरु नचाहने,कहिले पार्टीले नै रोक्ने ।  यस्को प्रत्यक्ष मारमा पर्यौं हामी जस्ता यूवा । उमेर वढ्दै जाने कुरामा हाम्रो गल्ती पनि होइन । २५ वर्षको दौरानमा वुटवल,चितवन,नेपालगञ्ज अधिवेशनमा भाग लिए अर्थात यो बाह्र वर्षको दौरानमा जम्मा तीनवटा अधिवेशनमा भाग लिए । त्यो पार्टीको गल्ती हो । म महामन्त्री,प्रदीप पौडेल अध्यक्ष हुनुहुन्थ्यो । हामीले नै चुनाव गराउछौं भन्दा त्यो कमिटि नै बिघटन गरियो । महाअधिवेशनको मितिको तोकिएको छ,अझै पनि महाअधिवेशन हुनेमा ढुकचुक छ ।

 अझै पनि महाअधिवेशन हुनेमा ढुक्क हुनुहुन्न ?

यस अगाडिका चार वटा महाअधिवेशनको मिति तोकिएकै थाहा छैन । बाँकी तीन वटा महाअधिवेशनको मिति तोकिएर प्रतिनीधिहरु काठमाडौंमा आइसकेपछि महाअधिवेशन रोकिएको उदाहरण छ । त्यसकारण साच्चै अधिवेशन हुन्छ भन्नेमा अझैं पूर्ण विश्वाश छैन । तर पनि तयार भएर बसेका छौं । पार्टी सभापतिले नै ६ महिना भित्र सम्पूर्ण भातृ संगठनको अधिवेशन गराउछु भन्नुभएको छ । त्यसैलाई आशा गरेका हौं । विभिन्न जिल्लामा विवाद छ । विवाद सामधान समिति बनेको छ तर माइन्युट छैन । त्यसकारण प्रक्रियामा पुगेका छैनौं । भृकुटी मण्डपको हल बुक भएको छ त्यो भन्दा वढि तयारी केही भएको छैन ।

 ११ जिल्लामा प्रतिनीधि  विवाद छ,त्यो कसरी सामाधान हुन्छ ?

हामीले ६४ जिल्ला भनेका हौं । केही पक्षले ४८ जिल्ला,अर्काे पक्षले ३६ जिल्लामा मात्र विवाद साम्य भएको छ भनिएको छ । वास्तविकता के हो भन्ने हामीलाई नै थाहा छैन । हामी नै गुमराहमा छौं । यो जस्तो अर्काे गाइजात्रा के हुन्छ ? बाहिरको मान्छेले सुन्दा यो जस्तो लाजलाग्दो कुरा के होला ? ११  जिल्लामा केन्द्रीय समितिबाट प्रतिनीधि छनोट किन गर्न सकिएको छैन त ? हामी त्यो दिशामा छैनौं । ५० दिनको समय पनि बाँकी छैन तर  तयारी सुस्ते छ त्यही कारण हामी ढुकचुक छौं ।

तपाईहरु महाअधिवेनबाट प्रतिनीधि छान्न चाहने तर तपाईहरुकै साथीहरु वूढानिलकण्ठ दरवार पुगेर ‘टिके अध्यक्ष’ बन्न चाहने,उनीहरुकै लविङ त्यता पनि तिव्र छ नि ?

पहिला लागे होला । जुन दिन पार्टी सभापतिले ६ महिना भित्र भातृ संगठनको निर्वाचन गर्ने भन्नुभयो त्यो पछाडि मलाई लाग्छ यो  विवाद टुंगिसकेको छ । अझै पनि यहाँ त अधिवेशनको नाममा उद्घाटन मात्र गराउने त्यसपछाडि भाँडभैलो मच्चाउने खेल चलिरहेको छ । हामी त्यो मान्ने पक्षमा छैनौं । उद्घाटनको १० दिन अगाडि रियल भोटर लिष्ट चाहिन्छ ।

 तपाइहरुसँगै राजनीतिमा लागेका अरु पार्टीका विद्यार्थी संगठनका नेताहरुले पार्टीको  केन्द्रीय सदस्य पड्काइसके । तपाईहरु  कपाल दाह्री फुलिसक्दा नेविसंघ भन्दै हिड्नु पर्ने अवस्था छ । यो अलि लाज लाग्दो भएन ?

दुर्भाग्य यही नै हो । अखिलका हामी भन्दा जुनियर साथीहरु केन्द्रीय समितिमा पुगिसके । मेरै कुरा गर्नुहुन्छ भने २५ वर्षमा ३ पल्ट मात्र महाअधिवेशनमा भाग लिन पाँए । हाम्रो पनि केही गल्ती भयो होला ।नेविसंघकै राजनीति छाडेको भए हुन्थ्यो होला तर छाड्न सकिएन । 

 अरु पार्टीका भातृ संगठनका नेतृत्व गर्नेहरु फुच्चा फुुच्ची देखिन्छ । तर,तपाई उमेरले ४५ वर्ष नाघिसक्नु भयो,कपाल दाह्री सेतै हुन लागिसक्यो । तै पनि नेविसंघकै अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । यो अलि नसुहाउने  भएन ?

नसुहुवाउदो पक्कै हो । उमेरको कारणले । पुस्ता हस्तारणको कुरा गर्ने हो भने एउटा कुरा वारम्वार भन्दै आएको छु बाघ वूढो स्याल तन्नेरी । कि काम गरेको छैन,पकड छैन,खटिएको छै्रन भन्नुप¥र्यो । होइन भने ‘एज बार’ लगाउनु पर्यो । मलाई त्यसमा विमती छैन । तर कसैलाई हेरेर एजवार लगाउन पाइदैन । एक पटक केही गरेर देखाउ भनेर यो ठाँउमा आएको हुँ ।
jeet j
आठ वर्षसम्म संगठनको चुनाव रोकिदा के असर पर्यो ?

धेरै असर पर्यो । नयाँ पुस्ता अगाडि आउन पाएन । जहाँ छ त्यही जाम भयो । व्याक बोन भनिएको छ तर चलायमान हुन सकेन । यस्मा दोष पार्टीका नेताहरुकै हो, कोही दोषका हिस्सेदार हामी पनि हौला ।

पार्टी एउटै,क्याम्प फरक हुँदा के असर गर्दा रहेछ ?

पार्टी विचार एउटै हो, सबै लड्ने प्रजातन्त्रिक मूल्य मान्यताकै लागि हो । आफू अगाडि वढ्नका लागि नै क्याम्प बनेको हो । कहिले काही हुन्छ अनुहार देख्दा कसैसँग बोलौ बोलौ लाग्छ । कोहीको अनुहार देख्दैमा रिस उठ्छ । यो ह्युमन नेचर हो । नेचर मिल्ने जति एक स्थानमा हुने हो । संगठनको काम कारवाहीमा गुटवन्दीले असर गरेको छ । योग्य मान्छेहरु गुटबन्दीका कारण नेतृत्वमा आउन सकेको छैन । नेतृत्व दिनै नसकिने मान्छेहरु नेतृत्वमा पुगे । देखिहालियो । ति साथीहरुका ताल पनि ।

 पटक पटक नेविसंघको महाअधिवेशन तोकिदै सर्ने,तर त्यही नाममा केही नेताहरुले पैसा असुल्दै घर बनाउने,जग्गा जोड्ने धन्दा पनि नेविसंघमा खुबै मौलायो ?

मेरो उम्मेद्धारी भनेकै सम्पूर्ण संगठन पारदर्शी बनाउनु हो ।कलेज कलेजबाट पैसा किन उठाउने,एनटिसी एनसेलबाट पैसा किन उठाउने ? राज्यलाई कर नतिर्ने तर भातृसंगठनले पैसा लिने त्यो राज्यद्रोह हो कि होइन । फेरि लाजै पचाएर तिनै नेता फेसबुकमा एनसेललाई राज्यको पैसा तिर भन्दै स्टाटस लेखिरहेका हुन्छन । विद्यार्थी  संगठनका नेताहरुलाई पैसा चाहिदैन । काम गरेर पनि राजनीति गर्न सकिन्छ । यहाँ त पैसामा अध्यक्ष बनाइन्छ । यस्लाई केन्द्रीय समितिले नै रोक्न सक्नुहुन्छ । गुणस्तरीय शिक्षाको सम्बन्धमा कुनै विद्यार्थी संगठन बोलेको आजसम्म सुन्नभएको छ । किन सबै संगठन यो मामलामा तै चुप मै चुप छन ? क्वालिटी एजुकेसन दिन पर्यो भने धेरै खर्च हुन्छ । विद्यार्थी संगठनहरुलाई एक डेढ लाख दिए त सबैको मुखमा बुझो लाग्यो । त्यही कारण यो मामलामा दुबै दोषी छन । यही कारण हामी भष्ट्रचारी बनिरहेका छौं । सिविआइले नक्कली डाक्टर इन्जिनियरलाई समाएको जसरी नक्कली विद्यार्थी तथा नेताहरु पनि समात्न सक्नुपर्दछ । देशका कर्णाधार भनिएका छन । देशका राजनीति गर्नेमा नक्कली सर्टिफिकेटधारी पनि छन । नक्कली सर्टिफिकेटको कारोबारी पनि धेरै छन । विगत चार वर्ष देखि म यो विषयमा बोल्दै आएको छु । जब जब म मञ्चमा बोल्न थाल्छु तब तब मञ्च खाली हुन्छ सबै लाखा पाखा लाग्छन,कारण यही नै हो ।

तपाईका पारिवारिक पृष्ठभूमी सेनाको, तर तपाई काग्रेसको राजनीतिमा के कारणले आकर्षित हुनुभयो ?

प्राइभेट वोडिङमा पढेका मान्छे त्यहाँ पढ्न सकिन । मामाघर सबैले चोहको सेनामा जाओस भन्ने थियो । बुवाले राजनीतिमा गरोस भन्ने थियो । राजनीति बाहेक सुप्रिम पावर अरु छैन भन्नुहुन्थ्यो । त्यही कारण म राजनीति तिर लागे ।  

एजेण्डाहरु के के हुन ?

छोटो समयका लागि राजनीति गर्ने हो । चार पाँच वर्ष बस्नु छैन । नक्कली सर्टिफिकेट धारी र कारोवारीलाई रोक्नु छ । चन्दा आतंक रोक्नु छ । गतीशिल र चलायमान संगठन बनाउनु छ । संगठनमा आफ्नोपन देखिएन । रोल्पामा कसैको टाउको फुट्दा यहाँ फलानो गुटको नेताको टाउको फुटो भनेर हास्ने चलन बढेको छ । त्यस्लाई हटाउनु छ । इमान्दार भएर संगठन अगाडि बढाउन चाहन्छु । विभिन्न कोणबाट मलाई हेरिएको छ । २५ वर्ष देखि वूढानिलकण्ठसँग नजिक छु । साउन २३ बाट अधिवशेन गर्ने हो । अधिवेशनका नाममा गरिने उद्घाटन म मान्ने पक्षमा छैन । मेरो विरुद्धमा धेरै कुरा खनिएको छ । चारै तिरबाट घेराबन्दी भएको छ । तै पनि  त्यो घेराबन्दी तोड्न सक्षम छु । मेरा लागि नेविसंघ नै अन्तिम सत्य होइन । नेविसंघको आवाज अहिले कनि कसैले सुन्दैन । म त्यो आवाज घर घर सम्म सुनाउन चाहन्छु ।   

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice