ससुरा उमाकान्त झालाई महामन्त्री बनाउनै पर्ने भन्दै महन्थ ठाकुरलाई छोरीको दबाब

सकेसम्म श्रीमती,साली नभए सम्धीलाई पद दिनै पर्ने नेपाली राजनीति विचित्र छ । यही राजनीतिको मियो वरिपरि घुमिरेहका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अहिले फेरि तनाव छन् ।

 छोरी मिनाक्षी झाको बिहेको कुरा छिनिसकेपछि हुनेवाला सम्धिनी इन्द्रा झालाई सभासद् बनाएर चर्चामा आएका  उनै नवनिर्वाचित अध्यक्ष ठाकुर माथि छोरी मिनाक्षीको तिव्र दवाव छ । आफ्नो ससुरालाई पार्टीको महामन्त्री बनाइदिनु पर्ने । छोरी मिनाक्षी झाले आफ्ना ससुरा उमाकान्त झालाई महामन्त्री बनाइदिनु पर्यो भन्दै बुबा ठाकुरलाई दबाब दिन थालेपछि उनी पुनः तनावमा आएका हुन् ।

सचिवबाट रिटायर्ड भइ तमलोपामा प्रवेश गरेका उमाकान्तको पार्टीमा राम्रो पहिचान छैन । तर गाइगुई चल्न थालेको छ, उमाकान्तले केवल सम्धी भएकै आडमा महामन्त्री पद पड्काउन चाहेको पार्टीभित्र आरोप छ । सरकारी जागिरबाट रिटायर्ड भएपछि पार्टीमा कब्जा जमाउन चाहेको भन्दै उमाकान्तको विरोध पार्टीभित्र तीब्र छ ।umakanta

बिजुलीबजारस्थित पार्टी कार्यालयको छेउमै उमाकान्त झाको निवास छ । तमलोपा स्रोत भन्छ, ‘असार १६ गते साँझ बुहारीसहित पार्टी कार्यालयमा आएर अध्यक्ष ठाकुरलाई दवाव दिएका छन् ।’ सो दिन अध्यक्ष ठाकुरको च्याम्बर बसेर जसरी पनि ससुरालाई महामन्त्री बनाउनुपर्छ भनि मिनाक्षीले दबाब दिएको स्रोतले जनाएको छ ।

ससुरालाई महामन्त्री बनाउनुपर्छ भनि दवाव दिँदा च्याम्बरमा सांसद केदार नन्दन चौधरीको पनि उपस्थिति थियो । केदार नन्दन चौधरी समानुपातिक सांसद हुन् । उनी महन्थ ठाकुर निकटका मानिन्छन् । छोरीले यसरी ससुरालाई महामन्त्री बनाउन दबाब दिँदा केदार नन्दन पनि मिनाक्षीको कुरामा सहमति जनाएका थिए । उमाकान्त झाको छोरा फिलिपिन्समा कार्यरत छन् । बुहारी पनि तालिमका लागि जाने तयारीमा थिए तर महाधिवेशन आउन लाग्दा मिनाक्षीलाई फिलिपिन्स जानबाट रोकेका थिए । मिनाक्षी महन्थ ठाकुरका एक मात्र छोरी हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice