हिन्दुराष्ट्रका नाममा केशरबहादुरको धन्दा,कमल थापा तनावमा

काठमाडौं,१९ असार

उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीबाट गलहत्याएका केशर बहादुर विष्ट अहिले के गर्दै होलान ?
सत्तासाझेदार राप्रपा नेपालबाट बहिगर्मनको तयारीमा रहेका  विष्ट भारतका कट्टरपन्थी हिन्दू नेता भगसिंह कोसियारीसँग भेटी हालै स्वदेश फर्किएका छ  । र, फर्किएलगत्तै उतैको निम्तोमा केशरबहादुरले अर्को टोली पठाए, केही सांसदको नाम, ठेगाना, पृष्ठभूमि र आर्थिक हैसियतसहितको फेहरिस्त ।
हाल धुम्बाराहीमा राप्रपा नेपालको केन्द्रीय कार्यालय रहेको भवन दान दिएका, तर समानुपातिकमा सांसद नबनेका कारण कमल थापासँग रुष्ट दिलविकास राजभण्डारी र केशरबहादुर पक्षधर केन्द्रीय सदस्य एवं कराते च्याम्पियन दमन बस्नेतले केही दिनपहिले मात्र दिल्लीमा कोसियारी, योगी आदित्यनाथ, राजनाथ सिंहहरूसँग भेटेको समाचार छ । त्यो भेटमा राप्रपा नेपालका आफूपक्षधर १२ सांसदको नाम पेस गरेका छन् ।
त्यही भेटमा हिन्दूराज्य पक्षधर गतिविधिका नाममा राप्रपा नेपालले त्यहाँबाट आउने सहयोग रकम रोक्काको वचन पनि पाएका छन् । भनिन्छ, यस्तो पृष्ठभूमि निर्माणमा पूर्वराजा ज्ञानेन्द्रको भूमिका छ ।
केशरबहादुर निकटस्थका अनुसार , यो दिल्लीमामिलाको खुलासा असारको ८ गतेबाट सुरु भइ सम्पन्न भएको  हिन्दू सम्मेलनबाट देखिएकै हो  । यस्ताखाले अघिल्ला गतिविधिको अगुवाई कमल थापा नेतृत्वमा हुँदै आएको थियो । तर, यसपटक उक्त हिन्दू सम्मेलन  केशरबहादुरहरूको जोडबलमा सम्पन्न भए पछि कमल थापा जिल्लिएका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice