bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27374 ) ) )

बङ्गलादेशमा मारिए २० विदेशी

ढाका । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ । उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।

राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।  बङ्गलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्– कब्जमा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र हामी प्रयासरत छौँ ।

यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।  प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।  मारिनेमा इटाली र जापानका नागरिक धेरै परेको आशङ्का गरिएको छ । ती सैनिक जर्नेलले अझैपनि क्षतिको पूर्ण विवारण आउन नसकेको जानकारी दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice