छोरा अगतिलो परेपछि टिचिङ अस्पतालमै कुहियो नन्दराम अधिकारीको शव…….

सशस्त्र द्वन्द्वकालमा छोरो मार्नेहरूलाई सजायँको माग गर्दै तीन सय ३० दिन अनसन बसेका गोरखा, फुजेलका नन्दराम अधिकारीले ०७१ असोज ६ मा अनसनस्थलमै प्राण त्यागे । उनको शवलाई सरकारले अन्येष्ठि गरिदिने निर्णय गरेको पनि वर्ष दिन बितिसकेको छ । तर, न नन्दरामको अहिलेसम्म सत्कर्म भयो, न त सुरक्षित राखिएको उनको शवको अवस्थाबारे नै सरकारलाई चासो छ । अर्कातिर, न्याय माग्ने र अन्त्येष्ठि गर्नुपर्ने स्वभाविक जिम्मेवारी भएका छोरा नूरप्रसाद न बाबुको शवबारे चासो राख्छन्, न अदालतमा चलिरहेको मुद्दामै सरोकार छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नन्दप्रसादलाई पाँच महिनाअघिसम्म ४ नं. फ्रिजमा राखिएको थियो । तर, केमिकल सकिएको भन्दै पाँच महिनादेखि बेवारिसे शव राखिने च्याम्बरमा सडिरहेको छ । उक्त च्याम्बरमा पोहोर १२ र २९ वैशाखको भूकम्पमा ज्यान गुमाएका र हालसम्म सनाखत हुन नसकेका झन्डै सयको संख्याका लास छन् । नियमानुसार, अब केही महिनाभित्र लास सकार्न आफन्त नगए स्थानीय प्रशासनको सहमतिमा नष्ट गर्ने अधिकार सरकारसँग रहन्छ । नन्दराम त बेवारिसे हैनन्  छोरो मार्नेलाई कारबाही गर भनेर अनसन बस्दाबस्दै आफैँ मरे । बाँचुञ्जेल सरकारले वास्ता गरेन नै, मरेपछि पनि फ्रिजमा राखिएको शवलाई बेवारिसेहरूको चाङमा फ्याँकिएको छ ।

 अनि, तिनका छोराको ताल हेर्दा भन्न कर लाग्छ, धिक्कार छ– यस्ताले छोराको जन्म पाउनु, चितवन जिल्ला अदालतले नन्दराम, पत्नी गंगामायाका पक्षलाई साक्षी बकपत्रका निम्ति गत वैशाख ५ गते बोलायो । नन्दरामको निधन भइसकेका कारण जीवित आफन्तमध्ये कोही जानुपर्ने हो । सुरुदेखि नै उनीहरूको मुद्दा हेरिरहेका मानवअधिकारवादी नेता सुबोधराज प्याकुरेल, चरण प्रसाइँ, अधिवक्ता ओमप्रसाद अर्याल, इन्द्र अर्याल र बाबुराम गिरीहरू त्यसदिन चितवन पुगे । उनीहरूकै साथमा एकजना मानवअधिकारकर्मी महिला पनि गएकी थिइन् । नन्दराम र गंगामायाले तिनलाई छोरीजत्तिकै माया गर्थे ।उनले त्यसदिन साक्षी बकपत्रमा आइदिनका लागि नूरप्रसादलाई फोन गरिन् । जबकि, अपराधी नउम्किउन्, केस नउल्टियोस् भन्नका लागि नूरप्रसाद आफैँले चासो दिएर त्यहाँ पुग्नुपर्ने हो । तर, ठीक उल्टो भयो । बकपत्रमा आउनु भनी खबर गर्ने महिलाले गरेको फोन उठाएनन् । फोन गएको १० मीनेटपछि आपत्तिजनक शब्द प्रयोग गर्दै एसएमएस लेखे, ‘तपाईंले म फलानो भन्नुभयो । मेरो अनुभवमा तपाईंले मलाई फोनमा भनेको तरिकाले तपाईं पनि एउटा अपराधी, लाज पचेको आइमाईजस्तो लाग्यो । अदालत नगए उल्टिने, के भन्या त्यो ?’

नन्दरामका छोरा माथि उजुरी
यसरी आउनुपर्ने मान्छेले आउनुको सट्टा उल्टै खबर गर्नेलाई यातना हुने गरी म्यासेज पठाएपछि प्रहरीमा उजुर गरिन् । अहिले पनि टेकुस्थित अपराध महाशाखामा नूरप्रसादविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी सुरक्षित छ । प्रहरीले उनको मोबाइल ट्रयाक गर्दा झापाका बासिन्दाको नाममा मोबाइल झिकिएको र काठमाडौं आसपासमै चलेको देखिन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice