यि हुन पत्रकारलाई धम्काउने नेपाली नायिकाहरु !

सुरुमा नेपालका नायिकाहरुले सञ्चारकर्मीलाई हर्काने,थर्काउने र पछाडि तिनै नायिकाहरुले क्षमा माग्ने गरेको दृश्य नेपाली सिने नगरीमा वारम्वार देखिरहन्छ । यसकै पछिल्लो उदाहरण हो नायिका श्रृष्ठि श्रेष्ठको प्रकरण । केही दिन अगाडि अभिनेत्री श्रृष्टी श्रेष्ठ पत्रकारले गरेको प्रश्नमा रिसाएको खबर अहिले गसीप बनीरहेको छ । पत्रकारसँग यसरी रिसाउनेमा अभिनेत्री रेखा थापा पनि अग्रपंक्तिमा आउँछिन् । उनको पनि बेलाबखतमा पत्रकारहरुसँग खटपट भईरहेको सुन्न पाईन्छ । पत्रकारसँग रिसाउनेमा रेखा र श्रृष्टी मात्रै होईनन् । केही अभिनेत्रीले त पत्रकारलाई ज्यान मार्ने धम्की समेत दिएका छन् । रंग पत्रकारलाई धम्की दिदै केही नायिकाहरुले ज्यान खोलामा टाउको झोलामा पारिदिन्छु भन्न समेत बाँकी राखेकी थिईनन ।

अभिनेत्री सुमीना घिमीरे र पत्रकार विजय आवाज बिच पनि २०६९ सालमा विवाद भएको थियो । आफ्नो बारेमा प्रकाशित समाचारमा कारण सुमीनाले विजयलाई फोन मार्फत छाडा शब्दमा गाली गर्नुका साथै ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासंघले प्रेस बिज्ञप्ती समेत जारी गरेको थियो ।यसरी पत्रकारसँग आगो हुने नायिका हुन सुमिना घिमिरे । उनले रंग पत्रकार विजय आवाजलाई यस्तै प्रकारको धम्की दिएकी थिइन ।  सिने क्षेत्रबाट पलायन भइसकेकी सुमिनालाई अहिले  वत्ति बालेर खोज्नुपर्ने अवस्था छ ।

nisha adhikari

अभिनेता सुद्धर्शन गौतम   र पत्रकार श्याम सुन्दर गीरीबिच पनि विवाद भएको थियो । अभिनेता सुद्धर्शनले पत्रकार गीरीलाई भौतिक कारबाही गर्ने धम्की दिएका थिए । उनले  रिसको झोकमा श्यामलाई मारेर चोभारमा गाड्छु भनेको कुराले पनि चर्चा पाएको थियो ।चलचित्रको आडमा मानव तस्करी गर्नै गरेको आरोप लाग्ने गरेको सुर्दशन पछिल्लो समय नायिका रेखा थापासँग प्रेममा रहेको हल्ला चलाएर चर्चामा थिए । रेखासँगको प्रेम सम्बन्ध टुटेपछि यिनको उपस्थिती सिने क्षेत्रमा देखिएको छैन ।

पत्रकारलाई धम्काउने  अहिलेका चल्तीको नायिका हुन प्रिंयका कार्की ।अभिनेत्री प्रियंका कार्कीको भित्री बस्त्र देखीएका तस्वीरहरु सार्वजनिक भएपछि प्रियंका र अनलाईन पत्रकारहरुबिच विवाद भएको थियो । फोटोसप गरी आफ्ना भित्री बस्त्र देखीएका तस्वीरहरु सार्वजनिक गरेका भन्दै अनलाईन पत्रकारहरुसँग उनी ‘आगो’भएको थिइन ।

चलचित्र लुटले ५१ दिन मनाएको अवसरमा राखीएको पार्टीमा तस्वीर खिच्न लाग्दा नायिका निशा अधिकारी पत्रकार अनुप भट्राईसँग रिसाईन् । त्यहि रिसको झोकमा उनले अनुपको हातबाट क्यामेरा खोसीन् । त्यसपछि उनीहरु बिच केहि भनाभन भएको थियो । तर पछि भने निशाले आपसी समझदारीमा अनुपसँग माफी मागेकी थिईन् ।

हेर्नुहोस श्रृष्ठिले पत्रकारलाई हकारेको भिडियो

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice