• शुक्रबार ०३, कार्तिक २०७४

हो,पीडा सहन नसकेपछि मैले न्यायधीशलाई पिटिदिँए

घरका मुर्गा दाल बराबर ठान्ने र बाहिर फेर चोरेर खान पल्कदा घर न घाटको हुनुपर्दछ । यस्तै हालतमा छन अहिले  नवराज श्रेष्ठ । रिना श्रेष्ठसँग सामाजिक परम्परा अनुसार पाँच वर्ष अगाडि  विवाह गरेका उनै नवराजको सम्बन्ध आफू कार्यरत कार्गाेकै एक महिला कर्मचारीसँग रहेछ । यो हल्ला कार्यलय,आफन्त हुँदै  पत्नी रिनाको कानसम्म पुग्यो ।

रिनासँग बिहे भएको दुई वर्षपछि नवराजले सिनामंगलको एभरेस्ट कार्गोमा जागिर खान  थालेका थिए । त्यहीवेलादेखि उनको रिनासँग सम्बन्ध बिग्रियो । सोही कार्गोमा कार्यरत एक युवतीसँग उनी प्रेम चक्करमा फसेपछि उनीहरूको वैवाहिक जीवन बिग्रियो ।  रिनाको माइतीको दाबीअनुसार नवराजले ती युवतीलाई सातदोबाटोमा डेरा लिएर राखेका थिए ।

‘अघिल्लो दिन रिनाले सातदोबाटोको उक्त डेरामा गएर झगडा गरेकी रहिछ,’ रिनाकी आमा शान्ति भन्छन्, ‘त्यही कारण उसले हत्या गरेको हुनुपर्छ ।’shanta

आफ्नो वास्तविकता थाहा पाएसँगै उनी आफैले श्रीमतीको हत्या गरि प्रहरीलाई स्टोप पड्किएर मृत्यु भयो भन्ने सूचना दिए । मृत्युपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढायो । स्टोभ पड्किएजस्तो घटनास्थलको अवस्था थिएन । स्टोभका सामान निकालेर कोठामा छरिएकोजस्तो थियो । शरीर पनि स्टोभ पड्किएर जलेजस्तो थिएन ।

सुरुमा प्रहरीले मट्टीतेल छर्किएर आत्महत्या गरेको हुन सक्ने अनुमानका आधारमा अनुसन्धान अघि  बढाएको थियो । तर, रिनाकी आमा शान्ति श्रेष्ठले सो कुरा सीधै अस्वीकार गरिन् । उनले प्रहरीसँग भनिन्, ‘मेरी छोरी आत्महत्या गर्ने कमजोर केटी होइन, ऊ मेरो उपचारका लागि तयारी गरिरहेकी थिई ।’

प्रहरीको अनुसन्धानबाट उनी दोषी करार भए । तर,अदालतको सेटिङ मिलाएर उनी आफूलाई निर्दाेष सावित गर्न लागि परे । प्रहरीदेखि अदालतसम्म ठूलो आर्थिक चलखेल गरेर जिल्ला अदालतबाट सफाइ दिएको शान्तिको आरोप छ ।मेरो वकिल उमेश  कुइाकेललाई नै उनीहरूले किनेका रहेछन्,’ उनी भन्छिन्, ‘अस्पतालमा उनीहरूका पक्षमा रिपोर्ट बनाइएको थियो, फैसला गर्ने न्यायाधीश गिरीशकुमार शर्मा पनि उसकै आफन्त रहेछ ।’

फैसलाको दिन नवराजलाई सफाइ दिएपछि उनीहरूले शान्तिलाई इजलासमै ताली बजाएर व्यंग्य गरेका थिए । ‘पीडा सहन नसकेर मैले न्यायाधीशलाई नै गएर कुटिदिएको थिएँ,’ उनले भनिन् । अहिले नवराज पक्राउ परेपछि मन केही शान्त भएको उनी बताउँछिन् ।

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice