पर्खाल भत्किँदा कक्षा कोठामै २ बिद्यार्थीको मृत्यु, १७ जना घाइते

ललितपुर, । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकैको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।  वर्ष ९ की कृपा राई र  १० वर्षकी अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको छ। महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाका अनुसार शुक्रबार बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेका थियो । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बिएन्डबि अस्पतालमा उपचार भइरहेको छ ।

घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बिएन्डबि अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice