bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/27203 ) ) )

बुढानीलकण्ठमा देउवा रिसाउदा बिद्यार्थी नेताको सातो गयो

काठमाडौं ।  ‘को हो यो, निर्वाचन सारौं भन्ने, तत्काल बाहिर निकाल, मेरो पहिलो प्रतिबद्धता पुरा गरेरै छाड्छु’ मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बुढानीलकण्ठमा यसरी आक्रोसित हुँदा नेपाल बिद्यार्थी संघका केही नेताको सातो गयो । ‘तोकिएको समयमा निर्वाचन हुन्छ मैले भन्दि सकेँ, आबश्यक तयारी कसरी गर्ने लागौ भन्नु छैन सारौँ भन्दै आउने ।’

नेपाल बिद्यार्थी संघका केही नेताहरु मंगलबार महाधिबेशनको तयारी नपुग्ने भन्दै मिति सार्न सभापति देउवालाई आग्रह गरेका थिए । ललितपुरका एक बिद्यार्थी नेताले मिति सारौँ मात्र के भनेका थिए, देउवाले ‘गो आउट फ्रम हिएर’ भनेर निवासबाट बाहिर निकाले । देउवा निकै आक्रामक भएपछि अन्य बिद्यार्थी नेताको पनि सातो गयो । उनीहरुले मिति सार्ने बारे थप कुरै गर्न सकेनन् ।

देउवा नेपाली कांग्रेसको सभापति भएलगतै बसेको पहिलो केन्द्रीय समिति बैठकले ६ महिनाभित्र सवै भातृ संगठनहरुको महाधिबेशन गर्ने निर्णय गरेका थिए । आफ्नो पहिलो निर्णय जसरी पनि कार्यान्वयन गराउने पक्षमा देउवा छन् । तर तिनै देउवालाई मिति सारौ भन्दै जाने बिद्यार्थी नेताहरु खप्की भेट्न थालेका छन् । देउवाले नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउने जिम्मा  प्रकाशशरण महतलाई दिएका छन् । देउवाका कारण उनी पनि निर्वाचन सार्न नहुँने पक्षमा उभिएका छन् ।

देउवालाई नेविसंघ महाधिबेशनले मात्र सताएको छैन । दैनिक आधिकारिक टिकट माग्न आउनेको संख्याले पनि हैरान पारेको छ । बुढानीलकण्ठ स्रोतका अनुसार दैनिक विहान बिद्यार्थी नेताहरु हुल नै बाँधेर देउवा निवास पुग्ने गरेका छन् । देउवा पक्षबाट अध्यक्ष पदमा तीन जनाले दावेदारी पेश गरेका छन् । शुभराम बस्नेत, नैनसिंह महर र जितजंग बस्नेतले आफ्नो दावेदारी पेश गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice