bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/27143 ) ) )

व्यवस्थापिका संसदको बैठक तीन घण्टा पछि धकेलियो

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक तीन घन्टाका लागि पर सरेको छ । आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेषकारण स्थगन गर्नुपरेको जनाउँदै  आजै २ बजे सम्मका लागि  सारिएको व्यवस्थापिका संसद्ले सचिवालयले सूचाना टाँस गरी जानकारी गराएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्प पीडित जनताई आवास निर्माण गर्न एकमुष्ट दुई लाख र दुई प्रतिशत ब्याजदरमा  १५ र २५ लाख दिनुपर्ने मागलाई कुन प्रक्रियाबाट सम्बोधन गर्ने विषयमा गठित कार्यदलको बैठक अहिले जारी रहेको छ ।

बैठक जारी रहेकाले सदनको बैठक पर सारिएको हो । सो कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दलका सो मागका बारेमा सहमति हुन सकेको छैन ।

कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा प्रकाशसरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् ।

यसैगरी, सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा ९माओवादी केन्द्र०का कृष्ण सिटौला र राप्रपा नेपालका तर्फबाट संसदीय दलका नेता दिलनाथ गिरी रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice