संसदको बैठक ५ बजेसम्मका लागि सारियो

काठमाडौं । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ । आज अपरान्ह । ३ : ३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो । व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए।

भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ । विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्नका लागि बैठक स्थगित गरेका हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice