विद्यार्थी बेहोस भएपछि बिद्यालय बन्द

धादिङ । हरेक दिन विद्यार्थी बेहोस हुने र भुइँमा लड्ने गर्न थालेपछि कुम्पुर गाविसको महाकाली मावि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
एक साता अघिसम्म हरेक दिन तीन वा चार विद्यार्थी बेहोस हुने गरेको र विद्यालयमा प्राथमिक उपचार गरेर कक्षा सञ्चालन गर्ने गरिएकामा यस हप्ता हरेक दिन १५ देखि २० जनासम्म बेहोस भएर कक्षा कोठामै लड्न थालेपछि विद्यालय प्रशासनले विद्यालय बन्द गरेको हो ।
एकोहोरो टोलाउने, बसेको वा उभिएको स्थानमै ढल्ने, रुने कराउने गर्न थाल्ने जस्ता लक्षण देखिएको विद्यालयका शिक्षक जनक आचार्यले जानकारी दिए । कक्षा ४ देखि माथिका छात्रामा यस्तो समस्या देखिएको हो । एउटा विद्यार्थी बेहोस भएर ढल्ने र त्यसपछि पढाइ नै प्रभावित हुने गरी एक एक विद्यार्थीमा यस्तो समस्या देखिएको हो । ‘मास हिस्टेरिया’को सम्भावना भए पनि रोगबारे यसै भन्न नसकिने र उनीहरुसँग छलफलपछि मात्र समस्याको समाधान गर्न सकिने विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालय बन्द गरिएको र अर्को सूचनापछि मात्र विद्यालय सञ्चालन हुने छ । । वर्षा सुरु भएको र बर्खेबिदाको समय अगावै विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice