हामीकहाँ साभ्रान्त भन्दा गाँउका विद्यार्थीको वाहुल्यता छ

उत्तम भौकाजी,फाउन्डर,प्लस टु को अर्डिनेटर , नोवल कलेज

०२३ साल वैशाख २३ गते साँघुटार वजार रामेछापमा जन्मनुभएका उत्तम भौकाजी विशेषत नेपाली साहित्यको क्षेत्रमा सुपरिचित नाम हो । विएल सम्मको औपचारिक शिक्षा पूरा गरेका भौकाजी सन् १९९८ देखि नोवल कलेजको फाउन्डरको रुपमा सक्रिय भौकाजी हाल नोवल कलेज प्लस टु संकायको को अर्डिनेटर समेत हुनुहन्छ । एस काठमाडौं डटकमको स्तभ्भ  शिक्षा विशेष अन्तर्गत हामीले उनै भौकाजीलाई समेट्ने प्रयास गरेका छौं ।

कलेजहरुको भीडमा नोवल कलेज के कुरामा भिन्न छ ?

हामी पन्ध्र वर्ष पार गरि सोह्र वर्षमा प्रवेश गर्देछौं । नोवल कलेजले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्ने हामीलाई लाग्छ । हामी व्यवसायको रुपमा भन्दा पनि सेवागत रुपमा अगाडि वढिरहेका छौं । त्यस्तै पछिल्लो चरणमा स्वास्थको क्षेत्रमा काम गर्ने हेतुले हामी हस्पिटल स्थापना गर्ने तरखरमा छौं । अर्काे सवल पक्ष नोवल कलेज बाट निस्किएकमा विद्यार्थीहरु वजारमा विकाउको रुपमा निष्किएका छन । वानेश्वर शिक्षाको हकमा एउटा मुटु नै हो । एउटै छाता मुनि धेरै कार्यक्रम भएको हुँदा पनि हामी रोजाईमा परेका हौं । आफ्नै भौतिक पूर्वाधार , आफ्नै भौतिक संरचना , उत्कृष्ठ नतिजाको कारणले पनि नोवल कलेज विद्यार्थी तथा अभिभावकहरुको प्रमुख रोजाईमा पर्न सकेको हो ।

 पछिल्लो चरणमा नीजि शिक्षणसंस्थाहरु सेवामूखी कम व्यापारमूखी वढि भयो भन्ने खालको जन गुनासो सुन्ने गरिन्छ नि ?

सत्य हो । पछिल्लो दुई चार वर्षको दौरानमा थेरै प्लस टु कलेजहरु खुले । र, यस्लाई सेवामूलक भन्दा पनि व्यापारिक रुपमा मान्छेहरुले अगाडि वढाए । अस्वस्थ प्रतिष्पर्धाको कारण जनामानसमा नराम्रो सन्देश गइरहेको सत्य हो । सरकारले एउटा निश्चित मापदण्ड वनाएको भए या अवस्था श्रृजना हुदैन थियो , एउटा निवेदन दिएको भरमा सम्वन्धन दिएको कारणले पनि यो समस्या निम्तिएको हो । यही अस्वस्थ प्रतिष्पर्धाका कारण विद्यार्थी अभिभावक सवै दोधारमा परेको अवस्था छ । कलेज सञ्चालकहरुको झगडाको कारण विद्यार्थीहरुको भविष्य अन्योलमा परेको उदाहरण हाम्रै आँखा अगाडि देखिएको छ । पछिल्लो समयमा साच्चै शिक्षा क्षेत्रमा केही गरौं भनेर आएकाहरु टिक्ने अवस्थामा छन भने व्यापारमूखी वनेर आएकाहरु विस्तारै हट्ने अवस्थामा विस्थापन हुने अवस्थामा पुगेको उदाहरण यही वर्ष पनि देखिएको छ । हामी दीर्घकालिन सोच लिएर शिक्षा क्षेत्रमा आएका हौं ।

noble

एकातिर नीजि शिक्षण संस्था बाट उत्पादित दक्ष जनशक्तिहरुको अत्यास लाग्दो विदेश पलायन र अर्काे तर्फ सरकारी कलेजमा अध्यनरत विद्यार्थीहरु शैक्षिक वेरोजगार नै वन्ने वा राजनीतिक दलहरुको गोटी मात्रै वनिरहेको अवस्था टड्कारो देखिरहेको छ । यस्तो अवस्थामा शिक्षा माथि गरिएको लगानीको प्रतिफल चाही राज्यले कहाँ पायो त ?

पहिलाको अनुपातमा विदेशिनेको संख्या निकै कम भएको जस्तो लाग्छ । नीजि क्षेत्रवाट यसको लागि ठूलो देन छ । धेरै कुरा राष्ट्रले गर्न नसकेको काम अहिले नीजि क्षेत्रले गरिदिएको छ । वजारमा जति पनि दक्ष जनशक्ति विकेका छन । ती अधिकांश नीजि क्षेत्रकै उत्पादन हुन । राष्ट्रको जुन सम्पत्ति वाहिर गइरहेको थियो त्यो रोकिएको छ । पछिल्लो चरणमा एमविविएस कलेजहरु प्रशस्तै खुलेका छन । के पनि भनिन्छ भने पछिल्लो चरणमा देशलाई चाहिने भन्दा वढि नै मात्रमा कलेजहरु खुलेका छन । राष्ट्रले नीजि क्षेत्रलाई जति गर्ने पर्ने हो त्यति गर्ने सकको छैन । अहिले पनि त्यो हेर्ने हो भने हामीलाई सरभाइव गर्ने कठिन छ । पिछडिएको जाति, दलित, जनआन्दोलको घाइते, गरिव भनेर विद्यार्थीहरु आउछन । जहाँसम्म लाग्छ विदेशिनेहरु प्राय एसएलसी अनुत्र्तिण विद्यार्थीहरु हुन । पढेका विद्यार्थीहरु गाँउ नजाने वरु विदेशिने सोचका कारण पनि जनशक्ति विदेशिएका होलान । तै पनि पहिलाको तुलनामा पछिल्लो चरणमा स्वदेशमा रोजगारको अवसर वढेको छ । राजनीतिक अस्थिरता पलायनको प्रमुख कारक हो ।

nobal-300x200

नोवल कलेजको विज्ञान संकायलाई हेर्ने दृष्ट्रिकोण कस्तो रहेको छ ?

नोवल कलेजले व्यवस्थापनमा भन्दा पनि विज्ञान संकायमा वढि महत्व दिइएको छ । व्यवस्थापन भन्दा वढि विज्ञान पढ्ने विद्यार्थीहरु नै नोवेलमा छन । अत्याधिक सम्पन्न विज्ञान प्रयोगशाला देखि हाम्रो प्रि मेडिकल , प्रि इन्जिनियरिङ क्लास समेत हामी सञ्चालन गरिरहेका छौं । विज्ञानमा हामीले वढि लगानी पनि गरिरहेका छौं । हरेक वर्ष विज्ञान प्रर्दशनि समेत गर्दै आइरहेका छौं । अन्य कलेजहरुमा हुने विज्ञान प्रर्दशनिमा हाम्रा विद्यार्थीहरुलाई भाग लिन पठाउछौं । विज्ञान प्रयोगशालामा त्यहाँ अध्यापन गराउने शिक्षक वाहेकका यसै विषयका पोख्त शिक्षकहरुले अध्यापन गराइरहेका छन ।

उच्च माध्यमिक शिक्षा परिषदले अनिवार्य रुपमा तीन प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम वनाएको छ । तर गरिव , दलित , जेहन्दार , जनआन्दोलनका घाइते , सहिदका छोरा छोरीले पाउनुपर्ने छात्रवृत्ति राजनीतिक दलका नेताहरुको दवावमा आसे पासेहरुलाई दिने गरिएको पाइएको छ नि ?

यस्मा सत्यता छ । हामीले यस्मा वोल्न मिल्दैन । सिफारिशको आधरमा हामीले दिनुपर्ने हुन्छ । सुन्दैछु, उच्च माध्यमिक शिक्षा परिषदमा पुगेपछि हच्चुवाकै तालमा जस्लाई पनि सहजै  सिफारिश दिने गरेको छ । नोवलमा त्यस्तो छैन । हामी कहाँ ७५ जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन । राजधानीका साभ्रान्त परिवारका विद्यार्थीहरु यहाँ अत्यन्त कम छन वरु सरकारी स्कुलमा अध्ययन गरेका गाँउका विद्यार्थीहरु वढि छन । उनीहरुका दुख हामीलाई विसाउछन । धेरै विद्यार्थीहरु छात्रवृत्तिमा अध्ययन गरिरहेका छन । फि स्टकचर त देखाउने दाँत मात्रै हो । कोही गरिव भन्छन ,कोही द्धन्द पिडित भन्छन । हामीले सकेसम्म उनीहरुको मर्का वुझ्ने प्रयास गरेका छौं ।

नोवलको समग्र शैक्षिक अवस्था कस्तो छ ?
हामीले हुन त प्लसटुबाट सुरु गर्यौं । पछी स्कूलमा गयौं । त्यो पछी ब्याचलर तीर गयौं । फेरी अहिले विभिन्न टेक्निकल विषयहरुमा अघि बढेका छौ । किनभने राष्ट्रका लागि टेक्निकल दक्ष्य जनशक्तिको आवश्यकता छ । त्यसलाई फोकस गरेर अघि बढयौ । अहिले अस्पतालसम्म हामी पुगेका छौ । पढाउनु मात्रै ठुलो कुरा होइन । हामीले पढाइरहेका विधार्थी धेरै विदेश तिर गए । यो अवस्थामा के गर्ने त ? यहाँको जनशक्तिलाई सकेसम्म रोजगारीको अवसर किन नदिने भन्ने हिसावले हामीले नर्सिङ,विविएलटी लगायत शिक्षण गराउन थाल्यौ । भोली गएर प्रोजेक्टहरुमा पनि काम गर्न सक्ने दक्ष्य जनशक्ति निर्माण गर्ने खाले विषयहरु पढाउन थालेका छौ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice