bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/27007 ) ) )

लोकमानलाई कसरी लाग्न सक्छ महाअभियोग ? यस्तो छ कानुनमा

समानान्तर सरकार चलाउदै आएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई अहिले कसैले छुन चलाउन सकेको छैन । यस्तै अवस्थामा डा गोविन्द केसीको अभिव्यक्तिले तरंग नै सृजना गरेको छ । डा केसीले लोकमानलाई महाअभियोग लगाएर हटाउने कुरा उठाएका छन । के यो सभ्भव छ ? के छ त कानुनी व्यवस्था ?

संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी ब्यबस्था गरेको छ । धारा १०१को उपधारा २ मा “संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ ।” भनी उल्लेख गरीएको छ ।

त्यसैगरी उपधारा ३ मा यसरी कुनै व्यक्तिको विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा एक महाभियोग सिफारिस समिति रहनेछ । केसीको माग संसदले महुमतले पारीत गर्नु पर्नेछ साथै महाअभियोग सिफारीस समितीले सिफारीस गर्नु पर्नेछ ।

उपधारा ५ मा भनिएको छ, महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लंघन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधि सभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गर्नु पर्नेछ । त्यसपछी समितिले त्यस्तो उजुरीमाथि संघीय कानून बमोजिम छानबिन गरी महाभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधि सभा समक्ष सिफारिस गरेमा महाभियोगको प्रस्ताव पेश हुनेछ ।साथै महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन । महाभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।

यसरी महाअभियोग लागेको ब्यक्ति पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा कानून बमोजिम कारबाही गर्न सकिनेछ  । साथै पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन सक्ने छैन ।

के के गरे लोकमानसिंह कार्कीले

“विराटनगरका आफ्ना भतिजाको मेडिकल कलेजलाई विस्तारित कलेजको रुपमा सम्बन्धन दिन लोकमानको हात छ ।”

“काठमाडौंमा एउटा मेडिकल कलेज उनका भाइको छ, त्यसलाई सम्बन्धन दिन लोकमान लागेका छन्।”

“अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याकेमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेको र आफ्नो कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेका छन्।”

“केयुको प्रवेश परीक्षा रद्ध गराएर केही आफ्ना नजिकका भाइभारदार संलग्न गराइ परीक्षा गराए । ‘विश्वविद्यालयको आफ्नो छुट्टै नियम कानुन छ यो स्वायक्त संस्था हो, लोकमानले यहाँ बलजफ्ती आफ्ना नातेदार र भ्रष्टलाई संलग्न गराएर परीक्षा गराएका छन्।”

“अख्तियारले हस्तक्षेप गर्ने हैन परीक्षाजस्तो विशेषज्ञ डाक्टर उत्पादन गर्ने ठाउँमा, राम्रै परीक्षा भइरहेको थियो, त्यो क्यान्सिल गर्न लगाएर, काउन्सिलमा हुँदा अनियमितता, धाँधली गरेका व्यक्ति जसलाई कारबाही गर्नुको सट्टा क्लिन चिट दिइयो, तिनैलाई परीक्षा सञ्चालन गर्न दिएका छन् लोकमानले। भ्रष्ट र अपराधीको मद्दत दिएर अधिकारको दुरुपयोग गरेका छन्।”

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice